Monday, December 25, 2006
लोग्ने को हत्या
काठमाडौं । सँगै जिउने सँगै मर्ने अठोटका साथ विवाहबन्धनमा बाँधिएर पनि दशकौं पार गरेपछि पनि सामान्य घरायसी झगडाका कारण नवलपरासीकी एक महिलाले शनिबार राति टाउकोमा दाउरा प्रहार गरी श्रीमानकै हत्या गरिदिएकी छिन् । नवलपरासीको जमुनिया-७ धनेवाका ४७ वर्षीय बमबहादुर थापालाई उनकै श्रीमती सुनिता थापाले शनिबार राति २ बजे रक्सी खाएर झगडा गर्न आएपछि टाउकोमा दाउरा प्रहार गरेर हत्या गरिदिएकी हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार श्रीमानको हत्या गर्ने सुनितालाई पक्राउ गरी हिरासतमा राखिएको र आवश्यक कारबाही अघिबढाइने प्रहरीले बताएको छ
Subscribe to:
Post Comments (Atom)
1 comment:
Post a Comment