Saturday, December 30, 2006

चुरोट पिउँदै अल्लाहका निम्ति फाँसीमा झुण्डिए सद्दाम

इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनलाई आज बिहान फाँसीमा झुण्डाई मृत्युदण्ड सजाय दिइएको छ । समाचार एजेन्सीहरुका अनुसार सद्दाम हुसेनलाई नेपाली समयअनुसार विहान पौने ९ बजे फाँसीमा झुण्डाइएको थियो । उनीसँगै सौतेनी भाइ बर्जान अल्तिकृत र तत्कालीन प्रधान न्यायाधीशलाई पनि फाँसी दिइएको छ ।

फाँसीमा झुण्डाउनुअगाडि सद्दामलाई उनको मनपर्ने खाना खुवाइएको बताइएको छ । साथै फाँसीमा झुण्डिनअगाडि उनले चुरोट पिएका थिए भने उनलाई ुनौरंगी कपडाु लगाइदिएका थिए । सद्दामकी छोरीलो उनको शव यमनमा लगी अन्तिम संस्कार गर्ने बताएकी छिन् । सन् १९८२ मा इराकको दुजैल गाउँमा भएको नरसंहार दोषी ठहर गर्दै विशेष अदालतले सद्दाम विरुद्ध मृत्युदण्डको सजायँ सुनाएको थियो । उक्त गाउँमा १ सय ४८ सिया मुश्लिमले ज्यान गुमाएका थिए । मुश्लिमहरुको पवित्र महान चाड इदको दुई दिन अगाडि सद्दामलाई मृत्यु दिएको विषयमा मुश्लिम समुदायमा रोष उत्पन्न भएको छ । सद्दामलाई फाँसीमा झुण्डाइएको लगत्तै इराकमा िहंसा भड्किएको छ भने विश्वव्यापीरुपमा विरोध भएको छ ।

सद्दामलाई फाँसीमा झुण्ड्याइएबाट एक तानाशाह युगको अन्त्य भएको छ भने अर्काे तानाशाही अमेरिकी साम्राज्यवादको विस्तार भएको आरोप लगाउन थालिएको छ

No comments: