Tuesday, December 26, 2006

प्रधानाध्यापक ले बालिकालाई बलात्कार

काठमाडौं । छोरीसमान आफ्नै हाडनातासमेत पर्ने छात्रालाई बलात्कार गर्ने गुरुलाई कुकुरको संज्ञा दिए पनि कम्ती हुन्छ । पाँचथर सिदिन-६ का सिद्ध माविका प्रधानाध्यापक टेकनाथ रिजालले आफ्नै विद्यालयमा कक्षा ६ मा पढ्ने १३ वर्षीया बालिकालाई गत साता जंगलमा लगेर बलात्कार गरेको रहस्य खुलेको छ । घटनाको रहस्य खुलेपछि प्रधानाध्यापक फरार छन् भने स्थानीयबासीले पीडित बालिकाकै मुखबाट हेडसरले बलात्कार गरेको सुनेपछि हेडसरलाई गाउँ र समाजबाटै बहिस्कार गरिने भएको छ । ती नरपिचास हेडसरलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै नागरिक समाजले सो घटनाको भत्स्रना गरेको छ

No comments: