Friday, January 27, 2012


विश्वको एकमात्र टेलिभिजन टेलिकास्ट वेबसाइट हो जहाँ समाचारवाचकहरुले आफ्ना कपडा फुकाल्दै समाचार पढ्छन् ।
जब जब समाचारवाचक पुरुष वा महिलाले समाचार पढ्दै जान्छन् उनीहरुले एकपछि अर्को गर्दै लगाएका लुगा फुकाल्दै जान्छन् ।

नेक्ड न्यूजका सबै एपिसोड क्यानडाको टोरन्टोमा छायांकन गरिन्छ । २५ मिनेटको यो समाचार प्याकेज हप्तामा ३ दिन प्रशारण गरिन्छ ।
यो समाचार नेक्ड न्यूजको वेबसाइटमा गएर अनलाइनमार्फत हेर्न सकिन्छ तर त्यसको लागि पैसा तिर्नुपर्छ ।

Monday, January 2, 2012

बेलायती राजकुमार ह्यारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने


बेलायती राजकुमार ह्यारीले आगामी सिजनमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। लण्डनबाट निस्कने सन्डे टेलिग्राफले बेलायती राजतन्त्रका तेस्रा उत्तराधिकारी ह्यारी घाइते सैनिकको सहयोगका लागि सगरमाथा आरोहण टोलीमा सहभागी हुन लागेको उल्लेख गरेको छ। डायनाका कान्छा छोरा २७ वर्षीय ह्यारी बुबा राजकुमार चार्ल्स र दाजु विलियमपछि बेलायती गद्दीका तेस्रा उत्तराधिकारी हुन्।

ह्यारी घाइते सैनिकलाई सहयोग गर्ने 'वाकिङ विथ द वाउन्डेड' नामको परोपकारी संस्थाका संरक्षक हुन्।

टेलिग्राफले हजुरआमा एलिजावेथ द्वीतियाको गद्दी आरोहणको ६० वर्ष र लन्डन ओलम्पिक पनि सन् २०१२ मै पर्ने भए पनि ह्यारी सगरमाथा आरोहण गर्ने पुरानो महत्वाकांक्षामा प्रतिबद्ध रहेको उल्लेख गरेको छ। यसै वर्ष उनी जमैका, बेलिज तथा बहमासको पदयात्रामा समेत जाँदै छन्।

बेलायती राजदरबार र ह्यारी आवद्ध रहेको परोपकारी संस्थाले भने यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। ह्यारीका प्रवक्ताले भने बेलायती सेनाको कार्यक्रमअनुसार आरोहणबारे पछि जानकारी गराइने बताए।

उक्त संस्थाले रकम संकलनका लागि पहिलो चरणमा गम्भीर घाइते ८ सैनिकसहित नाम्चेबजारदेखि आधार शिविरसम्म सातदिने पदयात्रा गर्ने छन्। अर्को चरणमा कम्तीमा चार सैनिकले सगरमाथा आरोहण गर्ने छन् जसमा ह्यारी पनि सहभागी हुनेछन्।

सन् २००६ मा बेलायती सेनामा प्रवेश गरेका ह्यारी अहिले क्याप्टेन छन्। बेलायतकी कान्छी सगरमाथा आरोही बन्ने प्रयास गरिरहेकी २१ वर्षीया मोलिइ ह्युजले भने सैनिक टोलीका संयोजकले राजकुमार ह्यारी पनि आरोहणमा जाने आफूलाई जानकारी गराएको टेलिग्राफसँग बताएकी छन्।

प्रेरणा सिंहको शरिरवाट १४ किलो बोसो झिकिएको छ ।

अस्वभाविकरुपमा मोटाउँदै गएकी पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंहको शरिरवाट १४ किलो बोसो झिकिएको छ ।

यसअघि १२ किलो बासो झिकिसकेकी प्रेरणाले दोस्रोपटक सिंगापुरमा सल्यक्रिया गरेर फेरि १४ किलो बोसो झिकेको छ ।

१ सय ५ किलो तौल रहेकी प्रेरणाको कम्मरभन्दा माथिल्लो भागबाट बोसो झिकेपछि अब उनी ९१ किलोमा झरेकी छन् । चार दिनअघि उनको अप्रेसन गरिएको स्रोतले बतायो ।

यसअघि उनले चार बर्षअघि पनि सिंगापुरमै अप्रेसन गरेर १२ किलो बोसो झिकेकी थिइन् । अस्वभाविकरुपमा बोसो बढ्दै गएपछि उनलाई हिडडुल गर्नसमेत समस्या पर्न थालेको थियो ।

अप्रेसन सफल भएपछि उनी डिस्चार्ज भएर आराम गरिरहेको भएपनि सिंगापुरमै रहेका उनका पति राजबहादुर सिंह भने भेटन गएका छैनन् । थाइल्याण्डमा रहेका उनका दाजु पारश साह पनि सिंगापुरमा रहेका आमा र बहिनीलाई भेटन गएका छैनन् ।

यसैवीच पूर्वरानी कोमल शाहको पनि कानको अप्रेसन गरिएको छ । उनको दाहिने कानको अप्रेसन गरिएको छ । उनले चार बर्षअघि बेलायत पुगेर कानमा मेसिन राखेकी थिइन् ।

अप्रेसनको ब्यबस्था मिलाउन पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिना दश दिन अघि सिंगापुर पुगेका थिए । कोमल र प्रेरणासहित सवै पूर्व राजपरिवार सदस्य अझै तीन सातासम्म सिंगापुर रहने बताइएको छ ।