Tuesday, August 4, 2009






नेपाली ऐकयवद्धता मन्च -नेसोफ) स्वीट्जरल्याण्डको आयोजनामा स्वीस नागरिकहरुको प्रगतिशील संगठनको सहयोगमा स्वीट्जरल्याण्डको औघोगिक शहर ज्युरिकमा भव्य क्रान्तिकारी सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो।

सैयौं नेपाली तथा स्वीस नागरिकहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेसोफ स्वीट्जरल्याण्डका अध्यक्ष अशोक चौलागाई र कार्यक्रम आयोजक समितिका संयोजक श्याम घलेल कार्यक्रममा उपस्थित एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य ,मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक तथा सभासद सन्तोष वुढा मगर , एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य ,मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका सचिवालय सदस्य तथा सभासद् ओन्सरी र्घर्तिमगर र एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार,सामना सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष तथा वरिष्ठ जनकलाकार तथा सभासद खुशीराम पाख्रिन ,स्वीट्जरल्याण्डका लागि नेपाली राजदुत डा.दिनेश भट्र्राई तथा मगरात सांस्कृतिक परिवारका कलाकारहरुलाई खादा ओढाएर सम्मान तथा स्वागत गर्नुभयो ।

प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्दै नेता तथा सभासद वुढामगरले भन्नुभयो हामी नयां नेपालको निर्माणको अभियानमा जुटेका छौं। यो अभियानमा नेपालमा रहेका तथा नेपाल वाहिर रहेेका सवै नेपालीहरुको उत्तिकै सहभागिताको जरुरी छ। तपाइहरु प्रवासमा रहेका नेपालीहरु प्ानि यो अभियानमा जुट्नुहोस ।

नेसोफ स्वीट्जरल्याण्डका अध्यक्ष अशोक चौलागाईंको सभापतित्व र महासचिव कमल केसीले सन्चालन गर्नुभएको उद्धघाटन सत्रको लगत्तै मगर सांस्कृतिक परिवारको प्रस्तुति शुरुभएको थियो। म्ागर सांस्किृतिक परिवारका इञ्चार्ज टेकम वाठामगरले सञ्चालन गर्नुभएको सांस्कृतिक कार्यक्रमको नयां नेपाल र्स्वर्ग वनाउं भन्ने पहिलो सांगितिक प्रस्तुतिलाई हलमा उपस्थित जनसमुदायले तालीको गडगडाहटले स्वागत गरेका थिए ।

महामहिम राजदुत डा.दिनेश भट्राइले विशेष अतिथिको रुपमा छोटो शुभकामना मन्तव्य दिनु भएको उक्त कार्यक्रममा जव मुक्त हुन्छ देश भन्ने जनमुक्ति शेनाको नाचले हलका दर्शकहरु सवैलाइ जुरुक्कै उचालेको थियो ।

व्ारिष्ठ जनकलाकार खुशिराम पाख्रिनले विशेष अतिथिको तर्फाट सांगितिक कोशेली आमाको छाति वैरिले लुछ्दा के हेर्र्छौ वसेर भन्ने गित प्रस्तुत गर्नु भएको थियो ।

म्ागर सांस्कृतिक परिवारका त्रिपना पुन मगर,सरला पुन मगर र धन वहादुर रोका मगरको प्रस्तुति परदेश छोडेर नेपाल फर्केका आफ्ना आफन्त संग भलाकुसरीको भाव भएको मारुनी नृत्य आकासैको कालो वादल पानी परयो मादलुको तालैमा आउ नाचौं छम्म छम्म भन्ने र ग्यामी मारुनी नृत्य प्रस्तुत गर्नु भयो ।

म्ागर सांस्कृतिक परिवारका प्रशिक्षक धन वहादुमगरको प्रस्तुती हाम्रो मुक्तिको संग्राम रोकिएको छैन शहिदले टेकेको पाइलो मेटिएको छैन आन्दोलन जारी छ भन्ने भावको गितले सवै दर्शकलाई उत्तेजित वनाएको थियो ।

सांस्कृतिक परिवारका आकर्ष प्रस्तुतिहरु प्ांछिमा डांफे राम्रो फुलमा लाली गुरांस हामीलाई लाग्छ राम्रो नेपाली धर्ति आकाश भन्ने राष्ट्रिय गितमा धन व ग्यामी मगर ,सरला पुन मगर, त्रिपना पुन मगर र तिर्थ राज रोका मगरले नृत्य प्रस्तुत गर्नुभएको थियो। निषा मगरको मलाइ युद्ध लड्न देउ भन्ने गितमा प्रस्तुत नृत्य संगसंगै कति राम्रो तर्राई पहाड कति राम्रो हिमाल , हे कान्छी फलाउं फलाउ फुलाउ हाम्रै नेपाल भन्ने लोक नृत्य संग संगै सवै दर्शकहरु छम छम नाचेका थिए ।

उक्त कार्यक्रममा स्वीस नागरिकहरुको प्रगतिशील संस्थाकी नेतृ ग्रासीयाले नेपाली क्रान्ति प्रति ऐकवद्धता जाहेर गर्दै मन्तव्य व्यक्त गरेकी थिइन भन्ने अर्का युवा नेता रुदोलेसांस्कृतिक कार्यक्रम मार्फ इटली सरकारले मजदुरहरु माथि गरेको दमनको भर््रर्त्सना गर्दै मजदुरहरुको आन्दोलन प्रति ऐकवद्धता जाहेर गरेका थिए ।

Saturday, July 25, 2009

युरो टुर २००९ स्विट्जर्ल्यान्ड मा सम्पन्न










युनिक ग्रुप स्विट्जर्ल्यान्ड द्वरा आयोजित युरो टुर २००९ स्विट्जर्ल्यान्ड को लेन्ज्बुर्ग मा भब्य रुपमा सम्पन्न भएको छ

युनिक गुर्प का निराजन श्रेष्ठ को स्वागत मन्तब्य सँगै सुरु भएको उक्त कार्यक्रमा मा उलेख्य रुपमा स्विस्स बासी नेपाली एबम अन्य राष्ट्र का नागरिक को उपस्थिती थियो / उक्त कार्यक्रम मा बिशेष अतिथी नेपालका उधोग राज्य मन्त्री दान बहादुर चौधरी र कार्यक्रम का प्रमुख अतिथी महामहिम राज दुत डा दिनेश भटराइ ले आफ्नो मन्तब्य राख्दै यसरी नेपाली कलाकरलाई यहाँ ल्याएर कार्यक्रम गर्न सफल भयको मा सहरान् गर्नुभयो/ पप गयक सुगम पोखरेल को जोडदार प्रस्तुती सहित शुरु भएको दोस्रो चरन कार्यकममा नेपाली चर्चित हास्यकलाकार मनोज गजुरेल ले आफ्नो ह्हास्य कार्यक्रम सुरुगर्नु भएको थियो/ चरन बध रुप मा सन्चालित उक्त कार्यक्रम मा दर्शकहरुले भरपुर मनोरन्जन लिनु भएको थियो / उक्त कार्यक्रम मा मनोज गजुरेल को हासो , सुगम पोखरेल को गीत डिजे राजु र डिजे शरण ले दर्शक लाई भरपुर नचाउन सफल हुनु भएको थियो

नेपाली खाना को ब्यबस्था गरिएको उक्त कार्यक्रम मा खानाको बिस्राम पछी चर्चित नेपाली स्थानिय कलाकार निता कपुर र महेन्द्र सापकोटा ले डिजे राजु को रिमिक्स गीत मा आप्नो आकर्सित नत्य प्रस्तुत गर्नुभएको थियो/
शरण के सि र दिनेश प्रधान ज्यु को सहयोग मा स्विट्जर्ल्यान्ड बासी साथीहरु गौरी बर्तौला, प्रेम भारती, राम कुमार महतो, निराजन श्रेष्ठ, शुक्र श्रेष्ठ, गुण राज शर्मा को समुह युनिक ग्रुप द्वरा आयोजित उक्त कार्यक्रम मा स्वदिस्ट नेपाली खाना मा दल बहादुर पुन, प्रेम भण्डारी लगायत राज क्षेत्री र राम रिजाल त्यसै गरी अन्य सहयोग गर्नुहुने स-परिवार दुर्गा पोखरेल,सुनिता पोखरेल , सिमा गौतम, एडी भारती ,सबिने शर्मा , सोनिया श्रेष्ठ ,इसाबेल बर्तौला , धर्म गुरुङ, ईश्वर लगायत का साथीहरुले अंुल्य सहयोग गर्नु भएको थियो/

कार्यक्रम को अन्तमा गौरी बर्तौला,प्रेम भारती, राम कुमार महतो ,निराजन श्रेष्ठ र शुक्र श्रेष्ठ ले सयुक्त रुपमा नेपाली कलाकार र भान्सा सहयोग गर्नु हुने साथी हरुलाई माया को चिनो प्रदान गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण माहनु भाब हरुलाई धन्यवाद ज्ञानपन गरिएको थियो/
उक्त कार्यक्रम मा सम्पूर्ण म्युजिक सिस्टम उपलब्ध गराइ बिशेष सहयोग गर्नु हुने श्री रोही लाई धन्यबाद ब्यक्त गरिएको थियो

गुण राज शर्मा द्वरा संचालित उक्त कार्यक्रम मा नेपाली कलाकार को प्रस्तुती सहित नेपाली खाना को प्रसन्सा गरिएको थियो

Tuesday, June 30, 2009

मनोज गजुरेल नाइटको आयोजना

युरो टुर-२००८ को अपार सफलता पछी बुम इन्टरनेशनल नेपाल तथा साइवर संसार डट कमले युरोपका बिभिन्न शहरमा मनोज गजुरेल नाइटको आयोजना गर्ने भएको छ । आगामी जुन महिनाको २७ तारिख देखी सुरुहुने मनोज गजुरेल यात्रा एक महिना सम्म चल्ने बताइएको छ । कमेडी किङ गजुरेलको युरोपका लागि यो पहिलो यात्रा हो । उनका साथमा गायक सुगम पोख्रेल र डिजे राजु हुनेछन ।

आयोजकहरुका अनुसार कार्यक्रम जर्मनी, फ्रान्स, नेदरल्याण्ड, बेल्जियम, स्विजरल्याण्ड, स्पेन र पोर्तुगलका शहरहरुमा आयोजना गरिने छन । कार्यक्रममा सहभागी तिनै जना कलाकारहरु आ-आफ्नो क्षेत्रमा ख्याती प्राप्त हुन । मनोज गजुरेल नेपालको आधुनिक कमेडिका किङ नै मानिन्छन । उनका नयाँ नेपाल,कौन बनेगा करोड्पती लगायत एक दर्जन भन्दा बढी हासो ब्यङ्य र क्यारिकेचरका सङ्गालोहरु बजारमा आएका छन । सुरिलो स्वरका धनी सुगम पोख्रेल चल्तिका पप तथा आधुनिक गायक हुन भने डिजे राजु रिमिक्स र नेपाली डिस्को संसारका बाद्शाह नै मानिन्छन । आयोजकहरुले युरोपमा बस्ने नेपालीहरुलाई अत्यन्त भिन्दै स्वाद दिने बताएका छन ।

जुलाई २५ तरिक को दिन युनिक ग्रुप को आयोजना मा हुन गैरहेको सबैलाई जानकारी गराउदछु /

स्थान :-Zopfgass 22, 5603 Staufen Lenzburt, Aarau


युनिक ग्रुप संपर्क :-

राम कुमार महत्वो 076 568 54 56
प्रेम कृष्ण भारती ०७६ ४२४ ३० ५५
गौरी बर्तौला ०७९ ३०६ ०० ७०
शुक्र श्रेष्ठ ०७९ ४०६ ५८ ६०
निराजन श्रेष्ठ ०७८ ६२५ १४ ७७
गुनराज शर्मा ०७६ ५१० ३३ ७९