Friday, September 30, 2011

बाथरुममा भिडियो क्यामरा


बेलायतमा एकजना भारतीयमूलका मुटु रोग विशेषज्ञले लाजमर्दो व्यवहार गरेका छन् । तिनले आप्ना महिला डाक्टर साथीको तस्बिर रेकर्ड गर्न आप्mनो घरको बाथरुममा सीसीटिभी क्यामरा फिट गरेका थिए । लिडसमा कार्यरत ३३ वर्षीय विवेक बालिगलाई तीन अपराधमा दोषी पाइएको छ । सरकारी वकिल कार्मेल पियर्सनले दिएको जानकारीअनुसार बालिगका दुई महिला डाक्टर नजिकका साथी थिए । ती दुई महिला बालिगको घरमा आउजाउ गरिरहन्थे । बालिगको घरमा नुहाइरहेकी एक महिलाले बाथरुममा भिडियो क्यामराबारे जानकारी पाएकी थिइन् । त्यो देखेपछि उनी अत्तालिँदै प्रहरीमा उजुरी दिन पुगेकी थिइन् । त्यसपछि मात्र यो विषय बाहिर आएको थियो ।