Friday, October 12, 2007

बडा दशै को मंगलमय शुभ-कामना

Sukra and sonja Shrestha आयु दोर्ण सुते, श्रीयन दशरथे शत्रुश्य सग्रागवे। एस्वर्य नहुस् गतिस्व पवने, मानन्य दुर्योदधे, सुर्य सन्तानावे, बलन्चहलधरे, सत्यन्ते कुन्ती सुते, बिज्ञाने बिदुरे, भवती भवताम कृत्यक्ष्य नारायणे, बलिबुधो
जयन्तीमंगलकाली, भद्रकाली कपालीनी, दुर्गा क्षमा शिवाधात्री स्वाहा सुधा नमस्तुते, जयत्यम देबि चामुन्डे, जय भुतार्ती हरिणी, जय सर्व गतो देवी, कालरात्री नमस्तुते /

Friday, August 31, 2007

बाढीपीडितलाई स्विट्जरल्यान्डबासी नेपालीको सहयोग

गत महिना नेपालमा आएको बाढी र पहिरोले पुर् याएको व्यापक धनजनलाई मध्यनजर गर्दै पीडितलाई स्विट्जरल्यान्डमा बस्ने नेपालीहरुले सहयोग उपलब्ध गराएका छन् । उनीहरुले नेकपा माओवादी द्वारा स्थापित बाढीपीडित राहत सहयोग कोषमा ३१ ह्जार रुपियाँ उपलब्ध गराएको प्राप्त समाचारमा जनाइएको छ । यो सहयोग स्विट्जरल्यान्डका नेपालीको संगठन अन्तर्राष्ट्रियतावादी नेपाली ऐक्यबद्धता माच स्विट्जरल्यान्डको पहलमा उठाएको जनाइएको छ । यसरी सहयोग गर्नेेहरुमा शुक्र श्रेष्ठ विष्णु रिजाल थानेश्वर खनाल राजेन्द्र केसी ठाकुर सुवेदी अशोक चौलागाई नारायण सुवेदी राम गुरुङ सागर शेरचन डिल्ली सापकोटा आशिष लक्ष्य गुरुङ र दिपक कुमार श्रेष्ठबाट प्राप्त भएको संस्थाका अध्यक्ष अशोक चौलागाईले बताउनुभएको छ ।

Friday, April 13, 2007

नयाँ बर्ष २०६४ सालको पावन अवसरमा यहाँको सु-स्वाथ्य,दिर्घायु,उत्तोर-उत्तर प्रगति,शान्त्ति,सद्भाव तथा मित्रता सधै कायम रहिरहोस/ शुक्र र सोनिया श्रेष्ठ

Tuesday, February 27, 2007

अमेरिकामा डेढ करोड गरिब

काठमाडौं । विश्वकै महाशक्ति राष्ट्रको रुपमा कायम अमेरिका गएर आर्थीकरुपमा सम्पन्न हुने सपना धेरैले देखेका हुन्छन् तर त्यहाँ पनि डेढ करोड जनता गरिब रहेको एक तथ्यांकले देखाएको छ । यो गरिबीको दुरी विगत तीन वर्षदेखि हालसम्मकै सबैभन्दा फराकिलो भएको बताइन्छ ।

पछिल्लो सन् २००५ को अमेरिकी जनगणनामा आधारित म्याकक्लाची न्यूज पेपस्रको विश्लेषणअनुसार एक करोड ६० लाख अमेरिकी चरम गरिवीा बाँचिरहेका छन् । सन् २००० देखि २००५ सम्म अमेरिकामा गरिबी २६ प्रतिशतले बढेको देखाएको छ । कामदारको उत्पादकत्व बढे पनि ज्याला र रोजगारीको वृद्धि पछाडि नै रहेको प्रतिवेदनले जनाएको छ । संयुक्त राज्य अमेरिकाको कुल जनसंख्या ३० करोड १० लाख रहेको छ । त्यहाँ धनी र गरिवबीच ठूलो अन्तर रहेको तथ्याङले देखाएको छ ।

Sunday, February 11, 2007

Sunday, February 4, 2007

विश्व बैंकका अध्यक्षको मोजा

बैंक भन्ने वित्तिकै हामी पैसाको गोदाम भन्ने बुझ्छौ अझ त्यसका प्रमुखसँग कति पैसा होला उसले मनलागेको चीज किन्न सक्छ होला भन्ने कल्पना गर्नु स्वभाविक हो । अझ संसारबाट गरिबी हटाउन प्रयासरत विश्व बैंकको कुरै छाडौं त्यहाँ पैसा कति होला भन्ने अनुमान सानो दिमागले गर्न सक्दैन तर संसारभरका गरिबलाई पैसा बाँड्दा बाँड्दै विश्व बैंकका अध्यक्ष पल बोल्फो बिट्जसँग मोजा किन्ने पैसा नभएको हो कि फुस्रद नभएर हो त्यो थाहा हुन सकेको छैन । एजेन्सीहरुका अनुसार पश्चिम टर्कीमा पुगेका बेला अध्यक्ष पलको फाटेको मोजा देखिएपछि संसारभर उक्त खुल्दुली मच्चिएको हो दुई दिने भ्रमणका क्रममा टर्कीका प्रधानमन्त्री तैयप आर्दोगानसँग भेटवार्ता गरी इस्तानबुलमा रहेका सुकुम्बासीका निम्ति संचालित परियोजना निरीक्षण गरेर मस्जिदमा जानेक्रममा उनको फाटेको मोजा देखिएको हो । एजेन्सीहरुले उल्लेख गरेअनुसार पलले जुत्ता खोल्ने वित्तिकै दुबै खुट्टाको मोजा प्वाल परेर औंला बाहिर निस्किएको थियो । उनीसँग पैसा नभएको विश्वास गर्न सकिँदैन किनकी सन् २००५ को रिपोर्टअनुसार अध्यक्षको तलव मात्र तीन लाख ९१ हजार चार सय ४० डलर तोकिएको थियो । प्वाल परेको मोजा देखाएर चर्चामा आएका पल यसअघि पनि मिडियामा हाँसोको पात्र बनिसकेका छन् । किनकी उनले एक टेलिभिजन कार्यक्रममा सहभागी हुनुअघि काइँयोमा थुकेर कपाल मिलाएका थिए ।

Thursday, January 18, 2007

प्रधानमन्त्रीबाट प्रधानन्यायाधीशलाई शपथ

नेपाल सरकारले प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले, सर्वोच्च अदालतका न्यायाधीश र पुनरावेदन अदालतका मुख्य न्यायाधीशलाई प्रधानन्यायाधीशले तथा पुनरावेदन अदालतका न्यायाधीश र जिल्ला अदालतका न्यायाधीशलाई पुनरावेदन अदालतका मुख्य न्यायाधीशले शपथ गराउने गरी निर्णय गरेको छ। मन्त्रिपरिषदको हिजो बसेको बैठकले सो निर्णय गरेको हो।
त्यसअनुसार आज दिउँसो ३३० बजे प्रधानमन्त्रीबाट प्रधानन्यायाधीशलाई शपथ गराइँदैछ।
मन्त्रिपरिषद्को बैठकले माओवादी शिविरमा खाद्यान्न व्यवस्थापन गर्न व्यवस्थापिका-संसदका सदस्य नेकपा माओवादीका नेता कृष्णबहादुर महरालाई रू. सात करोड पेस्कीस्वरूप उपलब्ध गराउने निर्णय पनि गरेको छ।

खानेपानीका लाइन काट्ने कर्मचारी पक्राउ

काठमाडौं । पानी जीवन हो त्यसैले शत्रुलाई पनि पानी खुवाउनु मानवीय धर्म हो । तर यस मान्यताविपरीत उपत्यकाको खानेपानी व्यवस्थापन र वितरण विदेशी कम्पनीलाई दिने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका नेपाल खानेपानी संस्थानका कर्मचारीलाई िसंहदरबारको पानीको लाइन काट्ने क्रममा प्रहरीले आज बिहान ५ः०० बजे पक्राउ गरेको छ ।

राजदरबार प्रधानमन्त्री निवास मन्त्रिक्वाटर िसंहदरबारजस्ता महत्वपूर्ण स्थानमा खानेपानीको लाइन काट्ने कर्मचारीहरुको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज बिहान िसंहदरबारको लाइन काटी फर्कदै गर्दा कर्मचारी संघर्ष समितिका महासचिव लेखबहादुर बस्नेत प्रेम नेपाल तथा विष्णु लुइँटेललाई प्रहरीले पक्राउ गरी दुई घन्टापछि छोडेको बताइएको छ ।

Raju Lama ko Parkhaima vijyo sirani

Thursday, January 11, 2007

नयाँ नेपाल बनाउने पुरानै नेता

माघे संक्रान्तिको दिन अन्तरिम संविधान जारी हुँदैछ । त्यसपछि माओवादीसहितको अन्तरिम संसद् बन्नेछ । अन्तरिम संविधानमा माओवादी नेताहरुबाहेक सबैजसो अनुहारहरु पुरानै हुनेछन् । अन्तरिम संसद्ले अन्तरिम सरकार बनाउनेछ । त्यो सरकारको नेतृत्वमा पनि उनै पुराना अनुहार हुनेछन् । अन्तरिम सरकारले संविधानसभाको निर्वाचन गराउनेछ । अनि त्यो संविधानसभामा पनि अहिलेकै नेताहरुको दिक्कलाग्दो अनुहार बोली र व्यवहार भोग्नुपर्नेछ । संविधानसभाले संविधान बनाउनेछ । त्यो संविधानले नयाँ नेपाल बनाउनेछ । अहिले हामी सबैको मुखमा झुण्डिएको नयाँ नेपाल बनाउने मार्गचित्र यही हो । झट्ट हेर्दा सरल र सहज लाग्ने यो मार्गचित्र कार्यान्वयन गर्नु कत्तिको सजिलो छ नयाँ नेपाल बनेपछि जादुगरी चमत्कारजस्तै सबैका समस्या समाधान हुनेछन् भन्ने जनतामा बढिरहेको अपेक्षा र आकांक्षा के सजिलै पूरा हुनसक्छ यदि सबैका आकांक्षा र अपेक्षा पूरा भएनन् भने कस्तो स्थिति सिर्जना हुनसक्छ

अहिले नेपालको जनसंख्यामा युवा पुस्ताको बहुमत छ । उनीहरुकै उत्साह जोस जाँगर र बलिदानले जनआन्दोलन सफल भएको हो । तर यो कुरा नेताहरुले यति चाँडै बिसे्रजस्तो छ । नेताहरु भन्दैछन्- हामी नयाँ नेपाल बनाउने महायज्ञमा जुटेका छौँ । उनीहरुले नयाँ शब्दमाथि जति जोड दिए पनि नयाँ नेतृत्वको कल्पना पनि गरेको देखिँदैन । ००७ सालमा गर्न नसकेको काम अहिले गर्छु भन्दैछन् । तर नयाँ नेपाल नयाँ पुस्ताले सोचेजस्तो हुनुपर्छ । नयाँ नेपाल बनाउने काममा उनीहरुको भूमिका मुख्य रुपमा हुनुपर्छ ।

नेपाल राज्यको पुनः संरचनाको सन्दर्भमा केन्द्रात्मक राज्यको ठाउँमा संघात्मक राज्य बनाउने कुरामा राजनीतिक दलहरुबीच सहमति भइसकेको छ । तर संघीय राज्यहरु जातीय आधारमा हुने कि भाषिक वा भौगोलिक क्षेत्रका आधारमा हुने भन्ने कुरामा धेरै विवाद छ । यो विवाद भोलि संविधान निर्माणको दौरानमा निकै जोडले उठ्नेछ यति जोडले कि नेपालको अस्तित्वमै प्रश्न उठ्ने सम्भावना हुनेछ । त्यो अवस्थाको कल्पना गर्दा नेपाल बिस्फोटकहरुको थुप्रोमा बसेको जस्तो देखिँदैछ ।

पृथ्वीनारायण शाहले एकीकरण गर्दा अस्तित्वमा रहेका राज्यहरुको अहिले कुनै साँध-सिमाना बाँकी छैन । त्यो साँध-सीमाको कुनै प्रमाण पनि अब उपलब्ध छैन । यसबीच विश्वभरि नै भएको प्रविधिको विकासले गर्दा मानिसहरुको बसाइँसराइँ यति धेरै भएको छ कि अब कुन जाति कहाँबाट कहाँ पुगेको छ भन्न सकिन्न । नेपालको भौगोलिक विशेषता नै यस्तो छ कि कुनै पनि जातिको एक परिवारका सदस्यहरु कोही सोलुमा कोही झापामा कोही डोल्पामा र कोही कैलालीमा गएर बसे भने १० वर्षपछि उनीहरुको भाषा भेष खानपान र कतिपय सांस्कृतिक परम्पराहरु पनि बेग्लाबेग्लै भइसक्ने छन् । डेढ सय किलोमिटरको फरकमा समुद्र सतहदेखि १ सय ५० मिटरदेखि ८ हजार मिटर अग्लो भूभाग भएको विश्वमा कतै नभएको नेपालको भौगोलिक विविधताले यहाँको जैविक र मानवीय विविधता जन्मेको हो । यातायात र साचारको विकासले गर्दा विविधतायुक्त जातजातिलाई एकअर्कासँग अन्तरकि्रया गर्न मिसिन लगाएको छ । सबैका हितलाई एउटै धागोमा बाँधिएको छ ।

यसैले नेपालको पुनःसंरचनाको कुरा राजनीतिदेखि माथि उठेर वैज्ञानिक तथा अहिलेको विश्वीकरण र विश्व अर्थतन्त्रको सन्दर्भमा खरो उत्रने गरी गर्नुपर्छ । तर यो कामका लागि नयाँ सोच चिन्तन र व्यवहारको खाँचो पर्छ । दलीय हित मात्र हेर्ने सत्ता त्याग्नु प्राण त्याग्नुभन्दा गाह्रो मान्ने नेताहरुबाट यस्तो सोच जन्मन सक्तैन । अधिकांश नेताहरुमा लामो अनुभवजन्य विविध पूर्वाग्रहहरु छन् । तर नयाँ पुस्तालाई नयाँ नेपाल बनाउन दिने कुरामा सबैको नकारात्मक धारणा नै देखिन्छ ।

पुराना समस्या सुल्झाउन नयाँ नेतृत्व चाहिन्छ भन्ने कुरा छिमेकी देश भारतको अनुभवले पनि स्पष्ट पार्छ । भनिन्छ इन्दिरा गान्धीको हत्या नभएको भए खालिस्तान समस्या सुल्झने थिएन । राजीव गान्धीको युवा नेतृत्व आएपछि पूर्वाग्रहहरु मेटेर सिखहरुसँग मेलमिलाप गर्ने वातावरण बन्यो । त्यस्तै आसामका विद्रोहीहरुसँग राजीव गान्धीको टक्कर पर् यो । संयोगले उनी मारिए । आसामको समस्या समाधान हुनुमा राजीवपछि आएको नयाँ नेतृत्वले महŒवपूर्ण काम गर् यो ।

विगत दुई दशकमा नेपालको राजनीतिमा छाएका नेताहरुबीच हुर्केको अविश्वास र पूर्वाग्रहले पनि नेपालको पुनःसंरचनालाई नकारात्मक प्रभाव पार्नसक्ने हुनाले पूर्वाग्रहरहित नयाँ पुस्ताको आवश्यता छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई ठाउँ दिनु प्रकृतिको नियम नै हो । यो नियमको बर्खिलाप गर्दा नेपालीहरुले यसअघि भएका क्रान्तिहरुलाई सत्ता परिवर्तनका रुपमा मात्रै अनुभव गर्नुपर् यो । अब पनि नयाँ नेपाल पनि पुरानै नेताले बनाउँछु भन्छन् भने यो ठूलो भूल हुनेछ । अहिले पनि सत्ता परिवर्तन मात्रै हुने हो भने यसको दोष अवश्य नै बूढा पुस्ताले बोक्नुपर्नेछ ।