नेपाल सरकारले प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले, सर्वोच्च अदालतका न्यायाधीश र पुनरावेदन अदालतका मुख्य न्यायाधीशलाई प्रधानन्यायाधीशले तथा पुनरावेदन अदालतका न्यायाधीश र जिल्ला अदालतका न्यायाधीशलाई पुनरावेदन अदालतका मुख्य न्यायाधीशले शपथ गराउने गरी निर्णय गरेको छ। मन्त्रिपरिषदको हिजो बसेको बैठकले सो निर्णय गरेको हो।
त्यसअनुसार आज दिउँसो ३३० बजे प्रधानमन्त्रीबाट प्रधानन्यायाधीशलाई शपथ गराइँदैछ।
मन्त्रिपरिषद्को बैठकले माओवादी शिविरमा खाद्यान्न व्यवस्थापन गर्न व्यवस्थापिका-संसदका सदस्य नेकपा माओवादीका नेता कृष्णबहादुर महरालाई रू. सात करोड पेस्कीस्वरूप उपलब्ध गराउने निर्णय पनि गरेको छ।
Thursday, January 18, 2007
खानेपानीका लाइन काट्ने कर्मचारी पक्राउ
काठमाडौं । पानी जीवन हो त्यसैले शत्रुलाई पनि पानी खुवाउनु मानवीय धर्म हो । तर यस मान्यताविपरीत उपत्यकाको खानेपानी व्यवस्थापन र वितरण विदेशी कम्पनीलाई दिने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका नेपाल खानेपानी संस्थानका कर्मचारीलाई िसंहदरबारको पानीको लाइन काट्ने क्रममा प्रहरीले आज बिहान ५ः०० बजे पक्राउ गरेको छ ।
राजदरबार प्रधानमन्त्री निवास मन्त्रिक्वाटर िसंहदरबारजस्ता महत्वपूर्ण स्थानमा खानेपानीको लाइन काट्ने कर्मचारीहरुको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज बिहान िसंहदरबारको लाइन काटी फर्कदै गर्दा कर्मचारी संघर्ष समितिका महासचिव लेखबहादुर बस्नेत प्रेम नेपाल तथा विष्णु लुइँटेललाई प्रहरीले पक्राउ गरी दुई घन्टापछि छोडेको बताइएको छ ।

Wednesday, January 17, 2007
Tuesday, January 16, 2007
Thursday, January 11, 2007
नयाँ नेपाल बनाउने पुरानै नेता
माघे संक्रान्तिको दिन अन्तरिम संविधान जारी हुँदैछ । त्यसपछि माओवादीसहितको अन्तरिम संसद् बन्नेछ । अन्तरिम संविधानमा माओवादी नेताहरुबाहेक सबैजसो अनुहारहरु पुरानै हुनेछन् । अन्तरिम संसद्ले अन्तरिम सरकार बनाउनेछ । त्यो सरकारको नेतृत्वमा पनि उनै पुराना अनुहार हुनेछन् । अन्तरिम सरकारले संविधानसभाको निर्वाचन गराउनेछ । अनि त्यो संविधानसभामा पनि अहिलेकै नेताहरुको दिक्कलाग्दो अनुहार बोली र व्यवहार भोग्नुपर्नेछ । संविधानसभाले संविधान बनाउनेछ । त्यो संविधानले नयाँ नेपाल बनाउनेछ । अहिले हामी सबैको मुखमा झुण्डिएको नयाँ नेपाल बनाउने मार्गचित्र यही हो । झट्ट हेर्दा सरल र सहज लाग्ने यो मार्गचित्र कार्यान्वयन गर्नु कत्तिको सजिलो छ नयाँ नेपाल बनेपछि जादुगरी चमत्कारजस्तै सबैका समस्या समाधान हुनेछन् भन्ने जनतामा बढिरहेको अपेक्षा र आकांक्षा के सजिलै पूरा हुनसक्छ यदि सबैका आकांक्षा र अपेक्षा पूरा भएनन् भने कस्तो स्थिति सिर्जना हुनसक्छ
अहिले नेपालको जनसंख्यामा युवा पुस्ताको बहुमत छ । उनीहरुकै उत्साह जोस जाँगर र बलिदानले जनआन्दोलन सफल भएको हो । तर यो कुरा नेताहरुले यति चाँडै बिसे्रजस्तो छ । नेताहरु भन्दैछन्- हामी नयाँ नेपाल बनाउने महायज्ञमा जुटेका छौँ । उनीहरुले नयाँ शब्दमाथि जति जोड दिए पनि नयाँ नेतृत्वको कल्पना पनि गरेको देखिँदैन । ००७ सालमा गर्न नसकेको काम अहिले गर्छु भन्दैछन् । तर नयाँ नेपाल नयाँ पुस्ताले सोचेजस्तो हुनुपर्छ । नयाँ नेपाल बनाउने काममा उनीहरुको भूमिका मुख्य रुपमा हुनुपर्छ ।
नेपाल राज्यको पुनः संरचनाको सन्दर्भमा केन्द्रात्मक राज्यको ठाउँमा संघात्मक राज्य बनाउने कुरामा राजनीतिक दलहरुबीच सहमति भइसकेको छ । तर संघीय राज्यहरु जातीय आधारमा हुने कि भाषिक वा भौगोलिक क्षेत्रका आधारमा हुने भन्ने कुरामा धेरै विवाद छ । यो विवाद भोलि संविधान निर्माणको दौरानमा निकै जोडले उठ्नेछ यति जोडले कि नेपालको अस्तित्वमै प्रश्न उठ्ने सम्भावना हुनेछ । त्यो अवस्थाको कल्पना गर्दा नेपाल बिस्फोटकहरुको थुप्रोमा बसेको जस्तो देखिँदैछ ।
पृथ्वीनारायण शाहले एकीकरण गर्दा अस्तित्वमा रहेका राज्यहरुको अहिले कुनै साँध-सिमाना बाँकी छैन । त्यो साँध-सीमाको कुनै प्रमाण पनि अब उपलब्ध छैन । यसबीच विश्वभरि नै भएको प्रविधिको विकासले गर्दा मानिसहरुको बसाइँसराइँ यति धेरै भएको छ कि अब कुन जाति कहाँबाट कहाँ पुगेको छ भन्न सकिन्न । नेपालको भौगोलिक विशेषता नै यस्तो छ कि कुनै पनि जातिको एक परिवारका सदस्यहरु कोही सोलुमा कोही झापामा कोही डोल्पामा र कोही कैलालीमा गएर बसे भने १० वर्षपछि उनीहरुको भाषा भेष खानपान र कतिपय सांस्कृतिक परम्पराहरु पनि बेग्लाबेग्लै भइसक्ने छन् । डेढ सय किलोमिटरको फरकमा समुद्र सतहदेखि १ सय ५० मिटरदेखि ८ हजार मिटर अग्लो भूभाग भएको विश्वमा कतै नभएको नेपालको भौगोलिक विविधताले यहाँको जैविक र मानवीय विविधता जन्मेको हो । यातायात र साचारको विकासले गर्दा विविधतायुक्त जातजातिलाई एकअर्कासँग अन्तरकि्रया गर्न मिसिन लगाएको छ । सबैका हितलाई एउटै धागोमा बाँधिएको छ ।
यसैले नेपालको पुनःसंरचनाको कुरा राजनीतिदेखि माथि उठेर वैज्ञानिक तथा अहिलेको विश्वीकरण र विश्व अर्थतन्त्रको सन्दर्भमा खरो उत्रने गरी गर्नुपर्छ । तर यो कामका लागि नयाँ सोच चिन्तन र व्यवहारको खाँचो पर्छ । दलीय हित मात्र हेर्ने सत्ता त्याग्नु प्राण त्याग्नुभन्दा गाह्रो मान्ने नेताहरुबाट यस्तो सोच जन्मन सक्तैन । अधिकांश नेताहरुमा लामो अनुभवजन्य विविध पूर्वाग्रहहरु छन् । तर नयाँ पुस्तालाई नयाँ नेपाल बनाउन दिने कुरामा सबैको नकारात्मक धारणा नै देखिन्छ ।
पुराना समस्या सुल्झाउन नयाँ नेतृत्व चाहिन्छ भन्ने कुरा छिमेकी देश भारतको अनुभवले पनि स्पष्ट पार्छ । भनिन्छ इन्दिरा गान्धीको हत्या नभएको भए खालिस्तान समस्या सुल्झने थिएन । राजीव गान्धीको युवा नेतृत्व आएपछि पूर्वाग्रहहरु मेटेर सिखहरुसँग मेलमिलाप गर्ने वातावरण बन्यो । त्यस्तै आसामका विद्रोहीहरुसँग राजीव गान्धीको टक्कर पर् यो । संयोगले उनी मारिए । आसामको समस्या समाधान हुनुमा राजीवपछि आएको नयाँ नेतृत्वले महŒवपूर्ण काम गर् यो ।
विगत दुई दशकमा नेपालको राजनीतिमा छाएका नेताहरुबीच हुर्केको अविश्वास र पूर्वाग्रहले पनि नेपालको पुनःसंरचनालाई नकारात्मक प्रभाव पार्नसक्ने हुनाले पूर्वाग्रहरहित नयाँ पुस्ताको आवश्यता छ । पुरानो पुस्ताले नयाँ पुस्तालाई ठाउँ दिनु प्रकृतिको नियम नै हो । यो नियमको बर्खिलाप गर्दा नेपालीहरुले यसअघि भएका क्रान्तिहरुलाई सत्ता परिवर्तनका रुपमा मात्रै अनुभव गर्नुपर् यो । अब पनि नयाँ नेपाल पनि पुरानै नेताले बनाउँछु भन्छन् भने यो ठूलो भूल हुनेछ । अहिले पनि सत्ता परिवर्तन मात्रै हुने हो भने यसको दोष अवश्य नै बूढा पुस्ताले बोक्नुपर्नेछ ।

Subscribe to:
Posts (Atom)