Monday, December 25, 2006

मन्त्री पेरिसद को बैटक

आज विहान मन्त्री पेरिसद को बैटक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकले पुस २५ भित्र सबै गाविस सचिवलाई कार्यालय फर्कन निर्देशन दिने र कसैले उक्त निर्देशनको अवज्ञा गरेमा कडा कारवाही गर्ने निर्णय भएको बुझिएको छ । त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले पुस मसान्तभित्रै सबै प्रहरी चौकीको पुनस्र्थापना गरिसक्न सम्वन्धित निकायलाई निर्देशन दिएको पनि बताइएको छ । गाविस सचिव गाउँमा नभएसम्म र गाउँगाउँमा प्रहरी नभएसम्म संविधान सभाको निर्वाचन हुन नसक्ने भएकाले त्यसलाई दृष्टिगत गरी यो निर्णय गर्नु परेको मन्त्रिपरिषद् स्रोतले शुक्र को ब्लगलाई बतायो । यसैगरी आजै पश्चिमााचल र सुदुर पश्चिमााचल क्षेत्रिय प्रशासकको पनि नियुक्ति भएको बताइएको छ । बैठकमा सहभागि एक मन्त्रीका अनुसार पश्चिमााचलमा मेदीनी शर्माको नियुक्ति भए पनि सुदुरपश्चिममा कसको नियुक्ति भयो भन्ने थाहा पाउन सकिएन ।

No comments: