Monday, October 27, 2008

Wednesday, October 22, 2008

नेकपा माओवादी को प्रतिनिधि मन्डल सँग स्विट्जरल्याण्ड मा अन्तर्कृया कार्यक्रम सम्पन्न।








जर्मनी र स्विट्जरल्याण्ड को संघियता को मोडल सम्बन्धी अध्ययन भ्रमण मा निस्कियको नेपाली सँसदिय प्रतिनिधि मन्डलको टोली हिजो स्विट्जरल्यान्ड को राजाधानी बेर्न मा आइपुगेको छ। स्विस सरकार को निमन्त्रणामा आयको टोली ले स्विस संघिय राज्य प्रणाली को बारेमा,सङिय शासन पद्दति र नियम कानुन लगायत अन्य महत्वपूर्ण ठाउँ हरु को अध्ययन भ्रमण गर्ने तथा बिभिन्न उच्च सरकारी अधिकारी हरु सँग भेट्ने कार्यक्रम रहेको छ।






यसै बिच स्विट्जरल्यान्ड आइपुगेको नेपाली सँसदिय प्रतिनिधि मण्डल मा सहभागि नेकपा माओवादी को प्रतिनिधि मण्डल को उपस्थिती मा एउटा अन्तर्कृया कार्यक्रम सम्पन्न भयो। नेपाली एक्यबद्दता मन्च स्विट्जरल्याण्ड(नेसोफ स्विस)को आयोजना मा भयको सो कार्यक्रम मा नेकपा माओवादी का केन्द्रिय सदस्य तथा संबिधानसभा सभासद क दिनानाथ शर्मा,केन्द्रिय सदस्य तथा नेवा राज्य समिती इन्चार्ज क हितमान शाक्य,नेवा राज्य समिती सदस्य सभासद क यसोदा सुबेदी(गुरुङ) र अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की क सरला शर्मा उपस्थित हुनुन्थ्यो।



अत्यान्त छोटो र ब्यस्त समय का बाबजुद भयको कार्यक्रम सम्पूर्ण ज्ञात अज्ञात शाहीदहरु प्रती एक मिनेट मौन धारण गरी शुरु भयको थियो।भने कार्यक्रम को सभापतित्व मन्च का अध्यक्ष क अशोक चौलागाइ ले गर्नु भयको थियो भने कार्यक्रम को सन्चालन मन्च का महासचिब कमल केसी ले गर्नु भयको थियो। कार्यक्रम लाई सम्बोधन गर्दै नेवा राज्य समिती सदस्य तथा संबिधान सभा सभासद क. यसोदा सुबेदी(गुरुङ)ले परदेश मा प्रगतिसिल संगठन को सकृयाता तथा उल्यख्य सहभागिता देखेर आफु अत्यान्तै खुशी भयको बताउदै यस कार्यक्रम ले आफु मा नयाँ उर्जा पैदा गरेको छ भन्नु भयो।






नेपाली जनता को मुक्ती आन्दोलन अझै जारी रहेको र आहिले को बर्तमान कार्य भनेको जनमुखी संबिधान लेख्नु रहेको बताउनु हुँदै आफुले जर्मन र स्विस भ्रमण मा देखेको र जानेको कुरा लाई नयाँ संबिधान निर्माण गर्न प्रयोग गर्ने बताउनु भयो। त्यस्तै अर्का अतिथी,नेवा राज्य समिती इन्चार्ज तथा सभासद क हितमान शाक्य ले पुरानो राज्य सत्ता को गलत राज्य प्रणाली को कारण आज बाद्यतात्मक परिस्थितीमा लाखौं युबा सक्ति बिदेसिन बाद्य भयको र अब ति बिदेसियका प्रबासी नेपाली तथा युबा सक्ती लाई नेपाली आन्दोलन सँग फ्युजन गरी नयाँ नेपाल निर्माण गरिने बताउनु भयो। अहिले देस मा नेकपा माओवादीको नेत्रित्व मा सरकार गठन भय पनि त्यो सरकार जनता को नभयको र जनता को सरकार निर्माण गर्न आन्दोलन जारी छ भन्नु भयो। त्यस्तै प्रमुख अतिथी को आसान बाट बोल्दै नेकपा माओवादी का केन्द्रिय सदस्य तथा सभासद क दिनानाथ शर्मा ले नेपाल मा संबिधान सभा को माध्यमा बाट राजतन्त्र र सामन्त बाद को अन्य भय पनि हाम्रो क्रान्ति सम्पन भयको छैन भन्नु भयो। नेपाल मा अब संघिय जनबादी गणतन्त्र स्थापना गर्न आफुहरु प्रयत्नरत रहेको तर अझै पनि पुराना सम्सद बादी दल हरु,प्रतिकृयाबादीहरु,साम्राज्यबादी तथा बिस्तारबादीहरु नेपाल मा बिहारी गणतन्त्र स्थापना गरेर प्रतिकृयाबादी तथा सामन्ती बर्ग हरु का हक र अधिकार हरु सुनिस्चित गर्न लागि परीरहेको तर आफुहरु भने सर्बहारा बर्ग को हित अधिकार सुनिस्चित गर्ने र जनमुखी संबिधान निर्माण गर्ने पक्ष मा रहेको कुरा बताउनु भयो। अहिले नेकपा माओवादी ले नेत्रित्व गरेको सरकार पनि सर्बाहारा बर्ग को सरकार नभयको र आफुहरु सर्बहारा बर्ग को सरकार स्थापना गराउन लागिपरेको छ भन्नुभयो।
नेकपा माओवादी भित्र बैचारिक संघर्स चलेको स्विकार गर्दै क्रान्तिकारी पार्टी भित्र त्यस्ता बैचारिक बहस चल्नु स्वाभाबिक भयको र यसले पार्टी लाई हानी पुर्याउने नभै फाईदा गर्ने र पार्टी लाई अझ मजबुद बनाउने जिकिर गर्नु भयो।