Thursday, August 23, 2012

गुगलले जे पनि दिन्छ, तर भात हैन :-)

लेरी पेज र सर्जी व्रिनले इन्टरनेट प्रयोगकर्ताहरू माझ प्रस्तुत गरेको ' गुगल 'लाई हामी सर्च इन्जिनको बादशाहका रूपमा चिन्छौँ। गुगल ले पछिल्लो समयमा विकसित गर्दै लगेको प्रविधिका कारण यो सर्च इन्जिनमा मात्र सीमित नभएर 'टेक्नोलोजी जाइन्ट' का रूपमा देखा परेको छ। यद्यपि गुगल भन्ने बित्तिकै सर्च इन्जिन नै बुझिन्छ। इन्टरनेटमा केही कुरा खोज्न सबैको पहिलो रोजाइ हुन्छ- गुगल । गुगल का सेवाहरूबाट प्रभावित हुने प्रयोगकर्ताहरूले त्यसलाई गुगल दाई, गुगल ेश्वर महादेवसम्म भन्ने गरेका छन्। सर्च इन्जिनबाट सुरु भएको गुगल को सेवा अपरेटिङ सिस्टम (ओएस) सम्म पुगिसकेको छ। गुगल ले क्रोम, युट्युब, जीमेल, जी प्लस, गुगल अर्थ, एन्ड्रोइड आदि प्रोडक्टलाई आफ्नो सेवामा जोडिसकेको छ। गुगल का धेरै प्रोडक्ट उक्त विधामा नम्बर एक छन्। अब गुगल लाई कन्टेन्ट सर्चका लागि मात्र प्रयोग गरे गुगल दाइ हामीसँग पक्कै रिसाउनेछन्। गुगल धेरै बाठो भैसकेको छ। बढ्दो उमेरसँगै गुगल को बौद्घकिता पनि बढ्दै गएको छ। अझ राम्रो सेवाका लागि गुगल ले आफ्नो वेबसाइटमा कन्टेन्ट सर्चबाहेक शब्दकोश, घडी, क्याल्कुलेटर, म्याप आदिको सुविधा पनि उपलब्ध गराएको छ।

 Define 
 गुगल बाट शब्दकोशको सेवा पनि लिन सकिन्छ। थाहा नभएको शब्दको अर्थ खोज्न वेवसाइटमा गैरहनु पर्दैन। गुगल को सर्च बक्समा मभाष्लभस् बदचगउत टाइप गरेर उक्त शब्दको अर्थ जान्न सकिन्छ। यसमा शब्दको अर्थसहित शब्द सम्मिलित वेबसाइटहरूको विवरण (सर्च रिजल्ट) पनि पाइन्छ। गुगल को अर्को रूप हो, क्याल्कुलेटर। हामीमा जोड, घटाउ, गुणादेखि साइन्टिफिक हिसाब गर्न क्याल्कुलेटरको आश्रय लिने बानी परिसकेको छ। सर्च बक्समा sin 30 + cos 30, 95.5 * 9 टाइप गर्नुहोस्, नतिजा तपाईंको सामु हुनेछ। पर्सनल कम्प्युटरदेखि मोबाइल ओएसमा पनि क्याल्कुलेटर एप्लिकेसन सजिलै पाइन्छ। इन्टरनेट सफिर्ङ गर्दा क्याल्कुलेटरको आवश्यकता पर्दा मोबाइल वा क्याल्कुलेटर खोजिरहनुको साटो गुगल सर्च पेजलाई नै क्याल्कुलेटरका रूपमा प्रयोग गर्दा समय पनि बचत हुन्छ।

 Unit Conversion 
 अन्तर्राष्ट्रिय मापदण्ड र चलनचल्तीको युनिट फरक पर्न सक्छ। कुनै ठाउँमा किलोग्राममा त कतै पाउन्डमा त अनि कतै लोब्समा तौल नापिन्छ। यसले अलमल्याउने त पक्कै छ। एकपटक गुगल लाई सोध्दा के नै जाला - ज्ञण्ण् एयगलम तय प्न टाइप सर्च गर्दा युनिट बदल्ने एप्लिकेसन तपाईंको अगाडि हुनेछ।

 Forex
 आजको विनिमय दर अनुसार १०० अमेरिकी डलर बराबर कति पाउन्ड हुन्छ ? पत्ता लगाउनु कुनै असहज कुरा होइन तर यसका लागि विनिमय दर कति हो थाहा हुनुपर्‍यो र हिसाव गर्नुपर्‍यो। यति लामो झन्झट किन बोक्ने गुगल सँग प्रश्न गर्नुहोस न ! गुगल बाट विनिमय दर थाहा पाउन सर्च बक्समा google .com/finance/converter टाइप गर्न सकिन्छ।

 Time
 सात समुद्र पारी कसैसँग गफ गर्न त्यहाँको समय थाहा पाउनु आवश्यक छ। समय थाहा पाउने सजिलो उपाय हो गुगल । गुगल सर्च बक्समा Time : sydney ले सिड्नी सहरको समय र मिति नतिजाका रूपमा प्रस्तुत गर्छ। Location गुगल ले ठाउँहरूको जानकारी पनि राम्रैसँग राखेको छ। कुनै पनि ठाउँको जानकारी खोज्न कागजी नक्सा पल्टाउनु भन्दा उपलब्ध भएका डिजिटल नक्सा पल्टाउनु बुद्घिमानी हुन्छ। गुगल को म्याप्स सुविधा सर्च पेजबाट पनि लिन सकिन्छ। सर्च बक्समा Locate : Kathmandu गर्दा, गुगल म्याप्सको लिंक सहित काठमाडौँको नक्सा उपलब्ध हुन्छ।

Friday, January 27, 2012


विश्वको एकमात्र टेलिभिजन टेलिकास्ट वेबसाइट हो जहाँ समाचारवाचकहरुले आफ्ना कपडा फुकाल्दै समाचार पढ्छन् ।
जब जब समाचारवाचक पुरुष वा महिलाले समाचार पढ्दै जान्छन् उनीहरुले एकपछि अर्को गर्दै लगाएका लुगा फुकाल्दै जान्छन् ।

नेक्ड न्यूजका सबै एपिसोड क्यानडाको टोरन्टोमा छायांकन गरिन्छ । २५ मिनेटको यो समाचार प्याकेज हप्तामा ३ दिन प्रशारण गरिन्छ ।
यो समाचार नेक्ड न्यूजको वेबसाइटमा गएर अनलाइनमार्फत हेर्न सकिन्छ तर त्यसको लागि पैसा तिर्नुपर्छ ।

Monday, January 2, 2012

बेलायती राजकुमार ह्यारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने


बेलायती राजकुमार ह्यारीले आगामी सिजनमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। लण्डनबाट निस्कने सन्डे टेलिग्राफले बेलायती राजतन्त्रका तेस्रा उत्तराधिकारी ह्यारी घाइते सैनिकको सहयोगका लागि सगरमाथा आरोहण टोलीमा सहभागी हुन लागेको उल्लेख गरेको छ। डायनाका कान्छा छोरा २७ वर्षीय ह्यारी बुबा राजकुमार चार्ल्स र दाजु विलियमपछि बेलायती गद्दीका तेस्रा उत्तराधिकारी हुन्।

ह्यारी घाइते सैनिकलाई सहयोग गर्ने 'वाकिङ विथ द वाउन्डेड' नामको परोपकारी संस्थाका संरक्षक हुन्।

टेलिग्राफले हजुरआमा एलिजावेथ द्वीतियाको गद्दी आरोहणको ६० वर्ष र लन्डन ओलम्पिक पनि सन् २०१२ मै पर्ने भए पनि ह्यारी सगरमाथा आरोहण गर्ने पुरानो महत्वाकांक्षामा प्रतिबद्ध रहेको उल्लेख गरेको छ। यसै वर्ष उनी जमैका, बेलिज तथा बहमासको पदयात्रामा समेत जाँदै छन्।

बेलायती राजदरबार र ह्यारी आवद्ध रहेको परोपकारी संस्थाले भने यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। ह्यारीका प्रवक्ताले भने बेलायती सेनाको कार्यक्रमअनुसार आरोहणबारे पछि जानकारी गराइने बताए।

उक्त संस्थाले रकम संकलनका लागि पहिलो चरणमा गम्भीर घाइते ८ सैनिकसहित नाम्चेबजारदेखि आधार शिविरसम्म सातदिने पदयात्रा गर्ने छन्। अर्को चरणमा कम्तीमा चार सैनिकले सगरमाथा आरोहण गर्ने छन् जसमा ह्यारी पनि सहभागी हुनेछन्।

सन् २००६ मा बेलायती सेनामा प्रवेश गरेका ह्यारी अहिले क्याप्टेन छन्। बेलायतकी कान्छी सगरमाथा आरोही बन्ने प्रयास गरिरहेकी २१ वर्षीया मोलिइ ह्युजले भने सैनिक टोलीका संयोजकले राजकुमार ह्यारी पनि आरोहणमा जाने आफूलाई जानकारी गराएको टेलिग्राफसँग बताएकी छन्।

प्रेरणा सिंहको शरिरवाट १४ किलो बोसो झिकिएको छ ।

अस्वभाविकरुपमा मोटाउँदै गएकी पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंहको शरिरवाट १४ किलो बोसो झिकिएको छ ।

यसअघि १२ किलो बासो झिकिसकेकी प्रेरणाले दोस्रोपटक सिंगापुरमा सल्यक्रिया गरेर फेरि १४ किलो बोसो झिकेको छ ।

१ सय ५ किलो तौल रहेकी प्रेरणाको कम्मरभन्दा माथिल्लो भागबाट बोसो झिकेपछि अब उनी ९१ किलोमा झरेकी छन् । चार दिनअघि उनको अप्रेसन गरिएको स्रोतले बतायो ।

यसअघि उनले चार बर्षअघि पनि सिंगापुरमै अप्रेसन गरेर १२ किलो बोसो झिकेकी थिइन् । अस्वभाविकरुपमा बोसो बढ्दै गएपछि उनलाई हिडडुल गर्नसमेत समस्या पर्न थालेको थियो ।

अप्रेसन सफल भएपछि उनी डिस्चार्ज भएर आराम गरिरहेको भएपनि सिंगापुरमै रहेका उनका पति राजबहादुर सिंह भने भेटन गएका छैनन् । थाइल्याण्डमा रहेका उनका दाजु पारश साह पनि सिंगापुरमा रहेका आमा र बहिनीलाई भेटन गएका छैनन् ।

यसैवीच पूर्वरानी कोमल शाहको पनि कानको अप्रेसन गरिएको छ । उनको दाहिने कानको अप्रेसन गरिएको छ । उनले चार बर्षअघि बेलायत पुगेर कानमा मेसिन राखेकी थिइन् ।

अप्रेसनको ब्यबस्था मिलाउन पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिना दश दिन अघि सिंगापुर पुगेका थिए । कोमल र प्रेरणासहित सवै पूर्व राजपरिवार सदस्य अझै तीन सातासम्म सिंगापुर रहने बताइएको छ ।