Saturday, July 25, 2009

युरो टुर २००९ स्विट्जर्ल्यान्ड मा सम्पन्न










युनिक ग्रुप स्विट्जर्ल्यान्ड द्वरा आयोजित युरो टुर २००९ स्विट्जर्ल्यान्ड को लेन्ज्बुर्ग मा भब्य रुपमा सम्पन्न भएको छ

युनिक गुर्प का निराजन श्रेष्ठ को स्वागत मन्तब्य सँगै सुरु भएको उक्त कार्यक्रमा मा उलेख्य रुपमा स्विस्स बासी नेपाली एबम अन्य राष्ट्र का नागरिक को उपस्थिती थियो / उक्त कार्यक्रम मा बिशेष अतिथी नेपालका उधोग राज्य मन्त्री दान बहादुर चौधरी र कार्यक्रम का प्रमुख अतिथी महामहिम राज दुत डा दिनेश भटराइ ले आफ्नो मन्तब्य राख्दै यसरी नेपाली कलाकरलाई यहाँ ल्याएर कार्यक्रम गर्न सफल भयको मा सहरान् गर्नुभयो/ पप गयक सुगम पोखरेल को जोडदार प्रस्तुती सहित शुरु भएको दोस्रो चरन कार्यकममा नेपाली चर्चित हास्यकलाकार मनोज गजुरेल ले आफ्नो ह्हास्य कार्यक्रम सुरुगर्नु भएको थियो/ चरन बध रुप मा सन्चालित उक्त कार्यक्रम मा दर्शकहरुले भरपुर मनोरन्जन लिनु भएको थियो / उक्त कार्यक्रम मा मनोज गजुरेल को हासो , सुगम पोखरेल को गीत डिजे राजु र डिजे शरण ले दर्शक लाई भरपुर नचाउन सफल हुनु भएको थियो

नेपाली खाना को ब्यबस्था गरिएको उक्त कार्यक्रम मा खानाको बिस्राम पछी चर्चित नेपाली स्थानिय कलाकार निता कपुर र महेन्द्र सापकोटा ले डिजे राजु को रिमिक्स गीत मा आप्नो आकर्सित नत्य प्रस्तुत गर्नुभएको थियो/
शरण के सि र दिनेश प्रधान ज्यु को सहयोग मा स्विट्जर्ल्यान्ड बासी साथीहरु गौरी बर्तौला, प्रेम भारती, राम कुमार महतो, निराजन श्रेष्ठ, शुक्र श्रेष्ठ, गुण राज शर्मा को समुह युनिक ग्रुप द्वरा आयोजित उक्त कार्यक्रम मा स्वदिस्ट नेपाली खाना मा दल बहादुर पुन, प्रेम भण्डारी लगायत राज क्षेत्री र राम रिजाल त्यसै गरी अन्य सहयोग गर्नुहुने स-परिवार दुर्गा पोखरेल,सुनिता पोखरेल , सिमा गौतम, एडी भारती ,सबिने शर्मा , सोनिया श्रेष्ठ ,इसाबेल बर्तौला , धर्म गुरुङ, ईश्वर लगायत का साथीहरुले अंुल्य सहयोग गर्नु भएको थियो/

कार्यक्रम को अन्तमा गौरी बर्तौला,प्रेम भारती, राम कुमार महतो ,निराजन श्रेष्ठ र शुक्र श्रेष्ठ ले सयुक्त रुपमा नेपाली कलाकार र भान्सा सहयोग गर्नु हुने साथी हरुलाई माया को चिनो प्रदान गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण माहनु भाब हरुलाई धन्यवाद ज्ञानपन गरिएको थियो/
उक्त कार्यक्रम मा सम्पूर्ण म्युजिक सिस्टम उपलब्ध गराइ बिशेष सहयोग गर्नु हुने श्री रोही लाई धन्यबाद ब्यक्त गरिएको थियो

गुण राज शर्मा द्वरा संचालित उक्त कार्यक्रम मा नेपाली कलाकार को प्रस्तुती सहित नेपाली खाना को प्रसन्सा गरिएको थियो