Tuesday, March 25, 2008

डोल्मा बचाऊ अभियान स्वीट्जरल्याण्डद्धारा रकम प्रदान/


गुणराज शर्मा
बिराज शर्मा र प्रकाश तिवारी
२५ डिसेम्बर जुरिख

बैदेशिक रोजगारीको लागि खाडी मुलुक कुवेतमा पुगेकी नेपाली चेली डोल्मा शेर्पा सहकर्मी फिलिपिनी महिलाको हत्या अभियोगमा कुवेतको तल्लो अदालतबाट मृत्युदण्डको संजाय सुनाइएको समाचार प्रकाशित भएपछि स्वीट्जरल्याण्डमा रहेका नेपालीहरुको पनि यस घट्नाप्रति ध्यान केन्द्रित हुन पुग्यो।

कुवेतको पुनरावेदन अदालतमा विचाराधिन मुद्धा लड्न सक्षम वकिल र मृतकको परिवारलाई दिइने क्षतिपुर्तिका लागि पर्याप्त रकम उपलब्ध गर्न नेपाल सरकाले यथासक्य सहयोग गर्न अपिल गरे बमोजिम विश्वभर उर्लिएको मानविय संवेदना र नेपालीले नेपाली प्रतिको कर्तव्य बोधलाई आत्मसात् गर्दै स्वीट्जरल्याण्ड भित्र पनि नेपाली जनसम्पर्क समिति स्वीट्जरल्याण्डले डोल्मा बचाउ अभियान संचालन गरेको थियो। सम्पुर्ण स्वीट्जरल्याण्डमा रहेका सचेत नेपालीहरुको ऐक्यबद्धता तथा उल्लेख्य सहभागिताको परिणाम स्वरुप स्वीस् फ्रयाङ्क २५०२।(लगभग डेढ लाख नेपाली रुपैया) रकम संकलन भएको बुझिएको छ।

समितिका महासचिव गुणराज शर्माले दिएको जानकारी अनुसार मार्च १६ मा भीम बहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको पूर्ण बैठकले संकलित रकम स्वीकृत गरी डोल्मा बचाउ अभियानको लागि खोलिएको खातामा पठाइएको छ। साथै स्वेच्छाले सहयोग गर्नुहुने र सहयोग संकलन गर्नमा मद्दत पुर्याउने सबै साथीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गरिएको छ। आशा गरौ स्वीट्जरल्याण्डका नेपालीको मानवीय सद्भाव र सहयोग डोल्मा शेर्पाको जीवन रक्षाको लागि पर्याप्त नभए पनि उपयोगी सावित हुनेछ।

सिन्धुलीमा वन फ“डानी तीव्र

सिन्धुली, चैत ११ - संविधानसभा चुनावको मौका छोपेर रानीवासदेखि हषर्ाहीसम्म कमलाखोच क्षेत्रमा स्थानीय बासिन्दा र तस्करको मिलेमतोमा जंगल फ“डानी तीव्र पारिएको छ । सयौं विघा जंगल अवैध फ“डानी गरेर वस्ती बसाल्न सुरु गरिएको छ । रानीवास, निपाने, हषर्ाही र ट“ाडी गाबिसका जंगलमा फ“डानी बढेको हो ।
सबैको ध्यान चुनाव केन्द्रित भएको र कुनै निकायले पनि यसमा वास्ता नगर्ने भएकाले प“mडानी बढेको गाउ“लेको भनाइ छ । प“mडानी रोक्ने पहलको सट्टा दलका नेता भोटको लोभमा मौन बसेको उनीहरूको दाबी छ । निपानेका बासिन्दा बासु कोइरालाले भने, 'काठ तस्करी गर्ने र वस्ती बसाउनेले ब्यापक फडानी गरिरहेका छन् तर रोक्नेतर्फकसैको ध्यान गएको छैन ।'

हरेक चुनाव र चाडको समयमा प“mडानी हुने गरेको भए पनि यसपाली धेरै वन सखाप भएको कोइरालाले बताए । कसैले ध्यान नदिने हो भने अझै धेरै नोक्सान हुने उनले दाबी गरे । तस्करले गाउ“लेलाई नै परिचालन गरी वन फा“ड्न लगाउने गरेको एक स्थानीयले बताए ।

रानीवास गाविसका निवर्तमान अध्यक्ष रामहरी पोखरेलले भने, 'एक्लैले प्रतिकार गरेर नहुने, वन कार्यालयलाई कुनै वास्तै छैन ।' वन कार्यालयले खटाएका रेन्जरसहितका कर्मचारी नबस्नाले प“mडानी बढेको हषर्ाहीका चेतन दनुवारको भनाइ छ । 'फ“डानी तीव्र भइ वस्ती बसाल्दा भावी पुस्ताले जंगल देख्न नपाउने भए', निपानेका एक शिक्षकका भन्छन्, 'पत्रिकामा भएका कुरा बोल्दा छापियो भने वन कार्यालयले केरकार गर्न तारिख लगाउ“छ, तस्करले थाहा पाए ज्यानकै डर हुन्छ, त्यसैले यहा“ सबै तै चुप मै चुप छन् ।'

फ“डानी गरी अबैध वस्ती बसाल्नेको तर्क बेग्लै छ । रानीवासको चन्दनपुर जंगलमा घर बनाई खेती समेत गरिरहेकमा एक बासिन्दाले भने, 'कमला नदीले भएको खेती कटान गरेर सुकुम्बासी बनायो, वन बिराएर नबसे कता जानु त -' सुरुमा टहरो हाल्ने र बर्षोनी जंगल प“mडानी गरी जमिन बढाउ“दै लाने उनीहरूको योजना रहने गरेको छ ।

अबैध फ“डानी र तस्करीबारे वन कार्यालय पनि अनविज्ञ छैन । तर राजनीतिक प्रतिबद्धता बिना फ“डानी र तस्करी रोक्नै नसकिने जिल्ला वन अधिकृत रामप्रित मौर्यले बताए । उनले भने, 'स्थानीय बासिन्दा र दल लागेर नरोकेसम्म वन कार्यालय एक्लैले केही गर्न सक्दैन ।'

Sunday, January 6, 2008

Happy New Year 2008 सबै राम्रो थियो रमाइलो थियो/ New year स्वागत गर्न तयार थियौ/ म र मेरी श्रीमती Champagnir खोल्न तयार थियौ/ लग भाग २० मिनेटको समय म मेरो साइकल हरायो/ न्यू एर को आगमन सँगैइ मेरो साइकल हराउदा दु:ख त लाग्ने नै भयो, भोली पल्ट साइकल खोजी मा लगे तर कतै पाईेन, साइकल हरायो सिदियो/ तर अनौठो आज बिहान् म कामको लागि कोठा बाट बाहिर निस्के ढोका अगाडि मेरो साइकल देखे/ म दाङग परे साइकल मेरो नै हो साइकल मा मेरो नाम, ठेगाना , फोन नम्बर थियो तेसैले होकी फर्के र आयको त्यो पनि छ दिन पछी

Friday, October 12, 2007

बडा दशै को मंगलमय शुभ-कामना

Sukra and sonja Shrestha आयु दोर्ण सुते, श्रीयन दशरथे शत्रुश्य सग्रागवे। एस्वर्य नहुस् गतिस्व पवने, मानन्य दुर्योदधे, सुर्य सन्तानावे, बलन्चहलधरे, सत्यन्ते कुन्ती सुते, बिज्ञाने बिदुरे, भवती भवताम कृत्यक्ष्य नारायणे, बलिबुधो
जयन्तीमंगलकाली, भद्रकाली कपालीनी, दुर्गा क्षमा शिवाधात्री स्वाहा सुधा नमस्तुते, जयत्यम देबि चामुन्डे, जय भुतार्ती हरिणी, जय सर्व गतो देवी, कालरात्री नमस्तुते /

Friday, August 31, 2007

बाढीपीडितलाई स्विट्जरल्यान्डबासी नेपालीको सहयोग

गत महिना नेपालमा आएको बाढी र पहिरोले पुर् याएको व्यापक धनजनलाई मध्यनजर गर्दै पीडितलाई स्विट्जरल्यान्डमा बस्ने नेपालीहरुले सहयोग उपलब्ध गराएका छन् । उनीहरुले नेकपा माओवादी द्वारा स्थापित बाढीपीडित राहत सहयोग कोषमा ३१ ह्जार रुपियाँ उपलब्ध गराएको प्राप्त समाचारमा जनाइएको छ । यो सहयोग स्विट्जरल्यान्डका नेपालीको संगठन अन्तर्राष्ट्रियतावादी नेपाली ऐक्यबद्धता माच स्विट्जरल्यान्डको पहलमा उठाएको जनाइएको छ । यसरी सहयोग गर्नेेहरुमा शुक्र श्रेष्ठ विष्णु रिजाल थानेश्वर खनाल राजेन्द्र केसी ठाकुर सुवेदी अशोक चौलागाई नारायण सुवेदी राम गुरुङ सागर शेरचन डिल्ली सापकोटा आशिष लक्ष्य गुरुङ र दिपक कुमार श्रेष्ठबाट प्राप्त भएको संस्थाका अध्यक्ष अशोक चौलागाईले बताउनुभएको छ ।