गुणराज शर्मा
बिराज शर्मा र प्रकाश तिवारी
२५ डिसेम्बर जुरिख
बैदेशिक रोजगारीको लागि खाडी मुलुक कुवेतमा पुगेकी नेपाली चेली डोल्मा शेर्पा सहकर्मी फिलिपिनी महिलाको हत्या अभियोगमा कुवेतको तल्लो अदालतबाट मृत्युदण्डको संजाय सुनाइएको समाचार प्रकाशित भएपछि स्वीट्जरल्याण्डमा रहेका नेपालीहरुको पनि यस घट्नाप्रति ध्यान केन्द्रित हुन पुग्यो।
कुवेतको पुनरावेदन अदालतमा विचाराधिन मुद्धा लड्न सक्षम वकिल र मृतकको परिवारलाई दिइने क्षतिपुर्तिका लागि पर्याप्त रकम उपलब्ध गर्न नेपाल सरकाले यथासक्य सहयोग गर्न अपिल गरे बमोजिम विश्वभर उर्लिएको मानविय संवेदना र नेपालीले नेपाली प्रतिको कर्तव्य बोधलाई आत्मसात् गर्दै स्वीट्जरल्याण्ड भित्र पनि नेपाली जनसम्पर्क समिति स्वीट्जरल्याण्डले डोल्मा बचाउ अभियान संचालन गरेको थियो। सम्पुर्ण स्वीट्जरल्याण्डमा रहेका सचेत नेपालीहरुको ऐक्यबद्धता तथा उल्लेख्य सहभागिताको परिणाम स्वरुप स्वीस् फ्रयाङ्क २५०२।(लगभग डेढ लाख नेपाली रुपैया) रकम संकलन भएको बुझिएको छ।
समितिका महासचिव गुणराज शर्माले दिएको जानकारी अनुसार मार्च १६ मा भीम बहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको पूर्ण बैठकले संकलित रकम स्वीकृत गरी डोल्मा बचाउ अभियानको लागि खोलिएको खातामा पठाइएको छ। साथै स्वेच्छाले सहयोग गर्नुहुने र सहयोग संकलन गर्नमा मद्दत पुर्याउने सबै साथीहरुलाई हार्दिक धन्यबाद ज्ञापन गरिएको छ। आशा गरौ स्वीट्जरल्याण्डका नेपालीको मानवीय सद्भाव र सहयोग डोल्मा शेर्पाको जीवन रक्षाको लागि पर्याप्त नभए पनि उपयोगी सावित हुनेछ।
No comments:
Post a Comment