सिन्धुली, चैत ११ - संविधानसभा चुनावको मौका छोपेर रानीवासदेखि हषर्ाहीसम्म कमलाखोच क्षेत्रमा स्थानीय बासिन्दा र तस्करको मिलेमतोमा जंगल फ“डानी तीव्र पारिएको छ । सयौं विघा जंगल अवैध फ“डानी गरेर वस्ती बसाल्न सुरु गरिएको छ । रानीवास, निपाने, हषर्ाही र ट“ाडी गाबिसका जंगलमा फ“डानी बढेको हो ।
सबैको ध्यान चुनाव केन्द्रित भएको र कुनै निकायले पनि यसमा वास्ता नगर्ने भएकाले प“mडानी बढेको गाउ“लेको भनाइ छ । प“mडानी रोक्ने पहलको सट्टा दलका नेता भोटको लोभमा मौन बसेको उनीहरूको दाबी छ । निपानेका बासिन्दा बासु कोइरालाले भने, 'काठ तस्करी गर्ने र वस्ती बसाउनेले ब्यापक फडानी गरिरहेका छन् तर रोक्नेतर्फकसैको ध्यान गएको छैन ।'
हरेक चुनाव र चाडको समयमा प“mडानी हुने गरेको भए पनि यसपाली धेरै वन सखाप भएको कोइरालाले बताए । कसैले ध्यान नदिने हो भने अझै धेरै नोक्सान हुने उनले दाबी गरे । तस्करले गाउ“लेलाई नै परिचालन गरी वन फा“ड्न लगाउने गरेको एक स्थानीयले बताए ।
रानीवास गाविसका निवर्तमान अध्यक्ष रामहरी पोखरेलले भने, 'एक्लैले प्रतिकार गरेर नहुने, वन कार्यालयलाई कुनै वास्तै छैन ।' वन कार्यालयले खटाएका रेन्जरसहितका कर्मचारी नबस्नाले प“mडानी बढेको हषर्ाहीका चेतन दनुवारको भनाइ छ । 'फ“डानी तीव्र भइ वस्ती बसाल्दा भावी पुस्ताले जंगल देख्न नपाउने भए', निपानेका एक शिक्षकका भन्छन्, 'पत्रिकामा भएका कुरा बोल्दा छापियो भने वन कार्यालयले केरकार गर्न तारिख लगाउ“छ, तस्करले थाहा पाए ज्यानकै डर हुन्छ, त्यसैले यहा“ सबै तै चुप मै चुप छन् ।'
फ“डानी गरी अबैध वस्ती बसाल्नेको तर्क बेग्लै छ । रानीवासको चन्दनपुर जंगलमा घर बनाई खेती समेत गरिरहेकमा एक बासिन्दाले भने, 'कमला नदीले भएको खेती कटान गरेर सुकुम्बासी बनायो, वन बिराएर नबसे कता जानु त -' सुरुमा टहरो हाल्ने र बर्षोनी जंगल प“mडानी गरी जमिन बढाउ“दै लाने उनीहरूको योजना रहने गरेको छ ।
अबैध फ“डानी र तस्करीबारे वन कार्यालय पनि अनविज्ञ छैन । तर राजनीतिक प्रतिबद्धता बिना फ“डानी र तस्करी रोक्नै नसकिने जिल्ला वन अधिकृत रामप्रित मौर्यले बताए । उनले भने, 'स्थानीय बासिन्दा र दल लागेर नरोकेसम्म वन कार्यालय एक्लैले केही गर्न सक्दैन ।'
Tuesday, March 25, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment