Monday, January 2, 2012

प्रेरणा सिंहको शरिरवाट १४ किलो बोसो झिकिएको छ ।

अस्वभाविकरुपमा मोटाउँदै गएकी पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंहको शरिरवाट १४ किलो बोसो झिकिएको छ ।

यसअघि १२ किलो बासो झिकिसकेकी प्रेरणाले दोस्रोपटक सिंगापुरमा सल्यक्रिया गरेर फेरि १४ किलो बोसो झिकेको छ ।

१ सय ५ किलो तौल रहेकी प्रेरणाको कम्मरभन्दा माथिल्लो भागबाट बोसो झिकेपछि अब उनी ९१ किलोमा झरेकी छन् । चार दिनअघि उनको अप्रेसन गरिएको स्रोतले बतायो ।

यसअघि उनले चार बर्षअघि पनि सिंगापुरमै अप्रेसन गरेर १२ किलो बोसो झिकेकी थिइन् । अस्वभाविकरुपमा बोसो बढ्दै गएपछि उनलाई हिडडुल गर्नसमेत समस्या पर्न थालेको थियो ।

अप्रेसन सफल भएपछि उनी डिस्चार्ज भएर आराम गरिरहेको भएपनि सिंगापुरमै रहेका उनका पति राजबहादुर सिंह भने भेटन गएका छैनन् । थाइल्याण्डमा रहेका उनका दाजु पारश साह पनि सिंगापुरमा रहेका आमा र बहिनीलाई भेटन गएका छैनन् ।

यसैवीच पूर्वरानी कोमल शाहको पनि कानको अप्रेसन गरिएको छ । उनको दाहिने कानको अप्रेसन गरिएको छ । उनले चार बर्षअघि बेलायत पुगेर कानमा मेसिन राखेकी थिइन् ।

अप्रेसनको ब्यबस्था मिलाउन पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिना दश दिन अघि सिंगापुर पुगेका थिए । कोमल र प्रेरणासहित सवै पूर्व राजपरिवार सदस्य अझै तीन सातासम्म सिंगापुर रहने बताइएको छ ।

No comments: