Sunday, February 4, 2007

विश्व बैंकका अध्यक्षको मोजा

बैंक भन्ने वित्तिकै हामी पैसाको गोदाम भन्ने बुझ्छौ अझ त्यसका प्रमुखसँग कति पैसा होला उसले मनलागेको चीज किन्न सक्छ होला भन्ने कल्पना गर्नु स्वभाविक हो । अझ संसारबाट गरिबी हटाउन प्रयासरत विश्व बैंकको कुरै छाडौं त्यहाँ पैसा कति होला भन्ने अनुमान सानो दिमागले गर्न सक्दैन तर संसारभरका गरिबलाई पैसा बाँड्दा बाँड्दै विश्व बैंकका अध्यक्ष पल बोल्फो बिट्जसँग मोजा किन्ने पैसा नभएको हो कि फुस्रद नभएर हो त्यो थाहा हुन सकेको छैन । एजेन्सीहरुका अनुसार पश्चिम टर्कीमा पुगेका बेला अध्यक्ष पलको फाटेको मोजा देखिएपछि संसारभर उक्त खुल्दुली मच्चिएको हो दुई दिने भ्रमणका क्रममा टर्कीका प्रधानमन्त्री तैयप आर्दोगानसँग भेटवार्ता गरी इस्तानबुलमा रहेका सुकुम्बासीका निम्ति संचालित परियोजना निरीक्षण गरेर मस्जिदमा जानेक्रममा उनको फाटेको मोजा देखिएको हो । एजेन्सीहरुले उल्लेख गरेअनुसार पलले जुत्ता खोल्ने वित्तिकै दुबै खुट्टाको मोजा प्वाल परेर औंला बाहिर निस्किएको थियो । उनीसँग पैसा नभएको विश्वास गर्न सकिँदैन किनकी सन् २००५ को रिपोर्टअनुसार अध्यक्षको तलव मात्र तीन लाख ९१ हजार चार सय ४० डलर तोकिएको थियो । प्वाल परेको मोजा देखाएर चर्चामा आएका पल यसअघि पनि मिडियामा हाँसोको पात्र बनिसकेका छन् । किनकी उनले एक टेलिभिजन कार्यक्रममा सहभागी हुनुअघि काइँयोमा थुकेर कपाल मिलाएका थिए ।

1 comment:

Anonymous said...

а все таки: спасибо... а82ч