Wednesday, July 6, 2011

जेनेभामा नेपाली समाज गठन र बार्बीक्यु पार्टी


-दिपक शर्मा जेनेभाबाट

यही जुलाइ ३ तारिख आइतवारका दिन जेनेभा सहरमा बार्बीक्यु पार्टी र जेनेभा नेपाली समाज गठन भयो। सोनाम लामाको अध्यक्षमा १३ सदस्य समिति गठन भएको छ । उपाध्यक्षमा मोहन गौतम, महासचिबमा सम्झना थापा, कोषाध्यक्षमा निता कपुर(सास्कृतीक संयोजक) र सदस्यहरुमा दिपक शर्मा खतिवडा, दिपेन्द्र रावत (खेलकुद संयोजक) , सन्तोष राना सुब्बा, भाष्कर अधिकारी, राम भन्डारी, शिव रिजाल, प्रबेस श्रेष्ठ, मन्जरी गौतम सर्वसम्वत चुनिनु भएको छ । र एक जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने बताइएको छ। समितीमा ३३% महिलाको सहभागिता गराइएको छ। यस कार्यसमितिले संस्थापक सल्हाकारमा संजय मुडभरी,कानुनी सल्हाकारमा हर्मन वार्निय र सल्हाकारहरुमा बिनायक मल्ल, डा. सुरेन्द्र पान्डे(यु एन एच सि आर), ठाकुर पराजुली (डब्लु टि ओ) र मुरारी अर्याल (वल्ड बैंक) रहनु भएको जानकारी गराएको छ।
गर्मिको समयमा जेनेभाबासीनेपालीलाइ बिदाको समय पारेर जेनेभामा आयोजना गरेको बार्बीक्यु पार्टी मा ५० जना नेपालीको सहभागीता थियो । उक्त पार्टीमा लोजान र न्युशाटेलका नेपालीहरुले पनि जेनेभा नेपाली समाजको समर्थन गर्दै आफ्नो उपस्थिती जनाउनु भएको थियो।
आजको कार्यक्रममा कार्यसमिती गठन ,जेनेभा भलिवल टिम छनौट ,सदस्यता बितरण र कोष संकलन गरिएको थियो । कोष संकलनमा जेनेभबासी तथा स्विस फ्रेन्चली भागमा बसोबास गर्नु हुने नेपालीहरुको सहयोगितामा कोषमा ३००० स्विस फ्रेन्क संकलन भएको छ । यो रकम स्विटजरल्याण्डमा रहनु भएका नेपालीहरुको समस्यामा र बिभिन्न कार्यक्रम संचालन गर्दा उपयोगमा ल्याउने कुरा समाजका कोषाध्यक्ष निता कपुरले जानकारी दिनु भएको छ। जेनेभाका विभिन्न संगठनमा आबद्द नेपालीहरुले पनि आवश्यक रकम सहयोग गर्ने बताउनु भएको छ।
यस समितीलाई आराउबासी र निरन्जन श्रेष्ठले पनि सहयोग गर्ने बताउनु भएको छ । जसरी आराउमा आराउबासी नेपाली,युनिक ग्रुप र जुरिचमा स्विस नेपाल समाज जस्ता समाजिक संस्थाले विभिन्न कार्यक्रम गरेजस्तै जेनेभा नेपाली समाजले पनि ससक्त रुपमा कार्य गरेर लैजाने र जेनेवा नेपाली समाजलाई जेनेभामा आधिकारिक रुपमा दर्ता गराउने प्रतिबद्दता समाजका अध्यक्ष सोनाम लामाले दिनु भएको छ।

No comments: