Monday, November 3, 2008

स्विट्जरल्यान्ड को आराउ मा तिहार कार्यक्रम सम्पन्न

नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डको आयोजनामा तिहार तथा लक्ष्मी जयन्ती समाहरो यही ०२ नोभेम्बर २००८ तारीख आईतबार आराउमा भव्यरुपमा सम्पन्न भयो।
स्विट्जरल्याण्डका लागि नेपाली राजदूत डा दिनेश भट्टराईको प्रमुख अतिथिमा र समितिका अध्यक्ष श्री गुणराज शर्माको अध्यक्षतामा लक्ष्मी जयन्तीको उपलक्ष्यमा साहित्य गोष्टी सम्पन्न गरियो।
उक्त साहित्य गोष्टीमा गंगाराम कोईराला, बिष्णु रिजाल, बिराज ढुंगेल, सोमनाथ खरेल, मुक्ति नारायण सापकोटा, श्रीमति बिजया भट्ट र जनक बानियाँले आफ्ना कबिता मुक्तकहरु वाचन गर्नु भएको थियो। साहित्य गोष्टीको समापन संगै तिहारको बिषेश परिकार सेलरोटी र अचार सँगै देउसी भैलो, भाग्यसाली उपहार एंव सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो। देउसी भैलो कार्यक्रमको नेतृत्व श्री जनक बानियाँ र श्रीमति दक्षिणा थापाले गर्नु भएको थियो। सांस्कृतिक कार्यक्रममा बिभिन्न लोक गीत तथा आधुनिक गीतहरुको साथै नृत्य पनि बिभिन्न कलाकारहरुले प्रस्तुत गरेको थियो।

कार्यक्रममा राजदूत डा भट्टराईले प्रवाशमा भाषा, साहित्य र संस्कृतिको जागेर्ना गर्न समितिले पुर्र्याको योगदानको प्रसंसा गर्नु भयो। भाग्यशाली उपहार कार्यक्रमका बिजयताहरुमा प्रथम नारायण सापकोटा (सांटगालेन), द्वितिय टेम्पा गुरुङ (जुरिख), तृतिय बिकल थापा (बर्न) र सान्त्वना पुरुस्कार प्राप्त गर्नु हुनेहरुमा क्रमस तारा महर्जन (लुजेर्न), शान्त भण्डारी (बासेल), बिकाश गुरुङ (बर्न) र कालूबाबा (डेनमार्क) हुनु हुन्छ। उक्त कार्यक्रममा सहभागी संम्पुर्ण मानुभाव र सहयोगी साथीहरुलाई समितिका अध्यक्षले हार्दिक धन्यबाद ज्ञापन गर्नु भयो।उक्त कार्यक्रमको संचालन समितिका माहन्त्री र कार्यक्रम संयोजक मेदन गौलीले गर्नु भएको थियो।

a>

No comments: