Friday, November 7, 2008

मनको तिर्सना फोक्सोको भुटुवा





अनुभूति
डा. तीर्थबहादुर श्रेष्ठ


मेरै मन हो, मै अनभिज्ञ
कुन बेला यो के गर्छ,
अझ् योभन्दा दुःख त मैले
डोरिनु योसित नै पर्छ


कवि दुर्गालाल श्रेष्ठले सपना कवितामा भनेजस्तै यो दशैंमा मेरो मन पनि एकातिर डोरिन पुग्यो। मनले भनेपछि मान्छे विवश हुन्छ, मनका कुरामा तर्कले खासै काम गर्दैन। यो दशैंमा मलाई खसीको फोक्सो तावामा तारेर भुटुवा खान मन लाग्यो। मनै न हो मेरो पनि, जसलाई मैले कजाउन सकेको रहेनछु। त्यसैले यसले अझै मलाई नै कजाइरहेछ। नवरात्रिको एक बिहान न देवी, न दुर्गा, न भवानी कसैको आराधनामा नलागी बकरेको पसलमा लाम लाग्न पुगें। एउटा फोक्सो मागें। फोक्सोको साथमा मुटुको डल्लो पनि आउँदोरहेछ। एक सय पचास रुपैयाँ पर्‍यो।

फोक्सोको भुटुवा खाने रहर पोहर साल अमेरिकादेखि पछि लागेर आएको हो। दशैं आयो, बोको खाउँला भनी पर्खिबस्ने धेरै नेपाली हुँदारहेछन् अमेरिकामा पनि। नेपालीलाई सिङ्गा-सिङ्गै बोकाको मासु सप्लाई गर्ने अमेरिकी बकरे विभिन्न प्रान्तमा भेटिँदारहेछन्। मासु पनि मज्जाकै पाइने, तर छाला, टाउको, भित्री आँच र फोक्सो भने ल्याउन नमिल्ने नियम रहेछ। गर्ने के? महाकवि देवकोटाले झ्ैं खसीको टाउकोको सुरुवा खाने रहर हुनेले अमेरिका नगए हुँदोरहेछ। मासु र छालाको बीचमा बोसो कस्सिएको कवाफ खानुपर्नेलाई पनि त्यही समस्या। यस्तै कारणले पोहोरको दशैँमा फोक्सो र भित्री आँचको भुटनको सितन जिब्रो पोल्ने गरी खाने इच्छा अमेरिका पुगेपछि फुस्सा भयो। अमेरिका बस्ने नेवार समुदायका नेपालीहरू पनि खसी-बोकाको फोक्सोमा मसालेदार पीठो भरेर भुटुवा खान नपाएको कति भयो भनी वर्ष गन्दा रहेछन्। मलाई पनि अमेरिकी नेपालीको त्यो प्यास लुतोजस्तै सरेर आयो।

पोहोरदेखिको रहर पूरा नगरी भएन भनेर भरखर काटिएको खसीको आलो फोक्सो घरमा ल्याएँ। तर त्यसलाई भर्ने हाम्रो परम्परागत विधि र प्रविधि मैले बिर्सिसकेको रहेछु। नाताकुटुम्ब र साथीभाइलाई फोन गरेर सिकें, तैपनि सीप पुगेन। फोक्सोको एकापट्टिको थैलो आधै खेर गयो। फागुमा रंग छ्याप्ने पचुकाको पम्प मार्दा पनि पीठो भरिएन, फुट्यो। डेरीको दूधको रित्तो पाकेट निचोरेर हावा पम्प गर्दा सजिलै भरिन्छ भन्ने थाहा थियो, तर त्यसबाट पनि काम लिन सकिएन। तैपनि म हरेश खानेवाला थिइनँ, दोस्रो थैलोमा अर्को प्रयोग र प्रयास गरेँ। त्यसमा सफल भइयो। अर्को पुस्तालाई काम लाग्ला भनेर आफूले अपनाएको विधिका बारेमा यहाँ उल्लेख गर्दैछु।

मैले ल्याएको आलो फोक्सोमा काटिएको खसीको प्राण अवशेषको रूपमा मनतातो न्यानो बाँकी नै थियो। गर्भबाट बाहिर निस्कनासाथ स्वाँ...स्वाँ... सास फेर्दै आएको त्यो फोक्सो मेरो हातमा तुन्दु्रङ्ग झुण्डिएको थियो। एक-दुई घण्टा अगाडिसम्म त्यो कति चलायमान थियो होला। बकरेको चुप्पीको धारले रेट्नुभन्दा पहिले आफैँ सास भर्ने र छोड्ने काम गर्ने यो फोक्सोलाई अहिले म सास भरिदिँदै थिएँ। सास नलीमा मुख जोडेर विस्तारै फुकेँ। फोक्सो फुलेर हावाले टम्म भरियो। कतैबाट हावा चुहिएको छ कि भनेर ठाकठाक-ठुकठुक पारेर हेरें। सबैतिर हावा भरिएर फुक्क भएको थियो। सबै सङ्लो रहेछ, कहीँ दाग थिएन। फिक्का रातो गुलाबी स्वस्थ फोक्सो मेरो हातमा झ्ुण्डिएको थियो। हावा छोडी दिएँ। त्यो सुक्यो। फेरि फुकें, फुल्यो।

एकपलका लागि मलाई लाग्यो, मैले जीवनभरि यसरी नै फुक्दै छोड्दै गरे पनि अब त्यसमा ज्यान आउने छैन। महिषासुर राक्षसलाई बध गर्ने दिन आफैँ पो राक्षस बन्न पुगें कि भन्ने हीनताबोध कताकताबाट पलाउन थाल्यो। उता मेरी अर्धाङ्गिनी डेढ लिटर पानी र आधा माना पीठोमा नुन, मसला र एउटा काँचो अण्डा हाली त्यसलाई लिक्विडाइजरमा मथ्दै चिया चाल्नीमा छानेर तयार पारेको लेदो सानो बाटामा लिएर आइन्।

चल्न छोडेको फोक्सोभित्र यदाकदा रगतका चोक्टाहरू जमिबसेका हुन्छन् भन्ने मैले सुनेको थिएँ। मलाई ती चोक्टाहरू फाल्नु थियो र हावाका सबै नलीहरू सफा गर्नुथियो। चार-पाँच चम्चा खाने तेल श्वास नलीको मुखबाट भित्र हालिदिएँ र फेरि फुकें। फोक्सोलाई घोप्टाएर भित्रको सबै तरल पदार्थ बाहिर फ्याँकें। हल्कासँग थाप्थाप्-थुप्थुप् गरें। भित्र केही बाँकी रहेन। अब शुरु भयो लेदो भर्ने काम। आधा कप जति लेदो सजिलै भित्र पस्यो। त्यस अवस्थामा फोक्सोलाई हावामा लत्र्याङ्ग झुण्ड्याई राखेमात्र त्यो लेदो फोक्सोको तल्लो भागमा पुग्न सक्दोरहेछ। बेला बेलामा थप्थपाउँदै र पीठोको लेदो थप्दै गएँ। लेदो धेरै बाक्लो भए भित्रसम्म छिर्न सक्दैन भन्ने थाहा थियो। त्यसैले प्रत्येक पल्ट लेदोलाई चम्चाले घोलेपछि मात्र कपबाट खन्याउँदै गएँ। बीचबीचमा प्लास्टिकको थैलोले पम्प पनि गर्दै थिएँ।

पम्प गर्न डेरीले दूध भरेर पठाएको चारपाटे प्लास्टिकको थैलोको एउटा कुनोमा कैँचीले काटेर प्वाल बनाउने र त्यो प्वालमा फोक्सोको श्वासनली छिराएर थैलोलाई मिची-मिची लेदो कोच्ने काम गरेँ। यति गर्दासम्म पनि फोक्सोलाई झ्ुण्ड्याएको झ्ुण्ड्यायै राख्नुपर्छ, नत्र पृथ्वीको गुरुत्वले पीठो भर्न पूरा सहयोग गर्दैन। फोक्सोको दायाँ पाटो, बायाँ पाटो सबैमा मसालेदार पीठो कोचिसकेपछि श्वासनली बन्द गर्न आलु काटेर त्यसको मुखमा बुझो लगायौँर सुत्लीले टम्म बाँध्यौं। अनि एउटा ठूलो देक्चीमा सिङ्गै फोक्सो उमाल्यौं। पाक्न धेरै बेर लागेन। पानी सेलाएपछि फोक्सोलाई पाउरोटी जस्तै पातलो पत्र काटेर इच्छानुसार टुक्रा पार्‍यौं। अब तावामा तार्ने काम मेरो हैन भनी हात धुन थालें।

स्तनधारी पशुको फोक्सो एक हावामहल हो, जहाँ निरन्तर वायुको अवागमन भइरहन्छ। जीवनको प्रत्येक सास फोक्सोबाटै सञ्चालन हुन्छ। स्वच्छ हावाबाट प्राणवायु (अक्सिजन) ग्रहण गर्ने र शरीरभरिबाट सोरिएर आएको कार्वनडाइअक्साइड परित्याग गर्ने अवयव फोक्सो नै हो। लिङ्ग, उमेर र परिवेशका आधारमा फोक्सोको आकार घटबढ पनि हुन्छ। सामान्य अवस्थामा हामी प्रतिमिनेट १० देखि २० पल्ट सास फेर्ने गर्छौं। कम उचाइमा बस्नेहरूको भन्दा धेरै उचाइमा बस्ने मान्छे वा जन्तुहरूको फोक्सोको श्वास फेर्ने क्षमता धेरै हुन्छ। तराई मधेशमा हावाको चाप बढी हुन्छ र कम क्षमताले नै फोक्सोको काम सम्पन्न हुन्छ। उच्च पर्वतीय क्षेत्रमा हावा पातलो र त्यसको चाप थोरै हुन्छ, त्यसैले फोक्सोको बढी क्षमता आवश्यक पर्दछ। त्यस्तै महिलाको भन्दा पुरुषको फोक्सो अलि धेरै क्षमताको हुन्छ।

मानिसको छातीभित्र फोक्सोमा वायु विनिमय गर्ने ३० करोडदेखि ५० करोड स-साना कोठा हुन्छन्, जसको सतहको पूरा क्षेत्रफलले टेनिस कोर्टको आधा भाग 'गट्न पुग्छ रे! हाम्रो फोक्सोमा जडिएका सबै ठूला-साना वा सूक्ष्म वायु नलीहरूलाई जोड्यौँ भने त्यसले पूरा हिमालयको लम्बाइ, अर्थात् सिन्धु नदीको घाँटीदेखि ब्रह्मपुत्रको घाँटीसम्मको २,४०० किलोमिटर, लाई पनि उछिन्छ।

यसपटक मैले खसीको यस्तै वायुनलीहरू (एयरवेज) र तिनले भेट्ने करोडौं वायु कोषहरू (एलभि'ली)मा नुन, पीठो र मसला कोचेर दशैंको निम्ति स्वादिष्ट परिकार तयार गरेछु। धन्य हो मनको तिर्सना! जनकवि केशरी धर्मराज थापाको सुरिलो आवाज मनभरि गुञ्जिन्छ।

डा. तीर्थबहादुर श्रेष्ठ

Monday, November 3, 2008

स्विट्जरल्यान्ड को आराउ मा तिहार कार्यक्रम सम्पन्न


नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डको आयोजनामा तिहार तथा लक्ष्मी जयन्ती समाहरो यही ०२ नोभेम्बर २००८ तारीख आईतबार आराउमा भव्यरुपमा सम्पन्न भयो।
स्विट्जरल्याण्डका लागि नेपाली राजदूत डा दिनेश भट्टराईको प्रमुख अतिथिमा र समितिका अध्यक्ष श्री गुणराज शर्माको अध्यक्षतामा लक्ष्मी जयन्तीको उपलक्ष्यमा साहित्य गोष्टी सम्पन्न गरियो।
उक्त साहित्य गोष्टीमा गंगाराम कोईराला, बिष्णु रिजाल, बिराज ढुंगेल, सोमनाथ खरेल, मुक्ति नारायण सापकोटा, श्रीमति बिजया भट्ट र जनक बानियाँले आफ्ना कबिता मुक्तकहरु वाचन गर्नु भएको थियो। साहित्य गोष्टीको समापन संगै तिहारको बिषेश परिकार सेलरोटी र अचार सँगै देउसी भैलो, भाग्यसाली उपहार एंव सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो। देउसी भैलो कार्यक्रमको नेतृत्व श्री जनक बानियाँ र श्रीमति दक्षिणा थापाले गर्नु भएको थियो। सांस्कृतिक कार्यक्रममा बिभिन्न लोक गीत तथा आधुनिक गीतहरुको साथै नृत्य पनि बिभिन्न कलाकारहरुले प्रस्तुत गरेको थियो।

कार्यक्रममा राजदूत डा भट्टराईले प्रवाशमा भाषा, साहित्य र संस्कृतिको जागेर्ना गर्न समितिले पुर्र्याको योगदानको प्रसंसा गर्नु भयो। भाग्यशाली उपहार कार्यक्रमका बिजयताहरुमा प्रथम नारायण सापकोटा (सांटगालेन), द्वितिय टेम्पा गुरुङ (जुरिख), तृतिय बिकल थापा (बर्न) र सान्त्वना पुरुस्कार प्राप्त गर्नु हुनेहरुमा क्रमस तारा महर्जन (लुजेर्न), शान्त भण्डारी (बासेल), बिकाश गुरुङ (बर्न) र कालूबाबा (डेनमार्क) हुनु हुन्छ। उक्त कार्यक्रममा सहभागी संम्पुर्ण मानुभाव र सहयोगी साथीहरुलाई समितिका अध्यक्षले हार्दिक धन्यबाद ज्ञापन गर्नु भयो।उक्त कार्यक्रमको संचालन समितिका माहन्त्री र कार्यक्रम संयोजक मेदन गौलीले गर्नु भएको थियो।
स्विट्जरल्याण्डका लागि नेपाली राजदूत डा दिनेश भट्टराईको प्रमुख अतिथिमा र समितिका अध्यक्ष श्री गुणराज शर्माको अध्यक्षतामा लक्ष्मी जयन्तीको उपलक्ष्यमा साहित्य गोष्टी सम्पन्न गरियो।
उक्त साहित्य गोष्टीमा गंगाराम कोईराला, बिष्णु रिजाल, बिराज ढुंगेल, सोमनाथ खरेल, मुक्ति नारायण सापकोटा, श्रीमति बिजया भट्ट र जनक बानियाँले आफ्ना कबिता मुक्तकहरु वाचन गर्नु भएको थियो। साहित्य गोष्टीको समापन संगै तिहारको बिषेश परिकार सेलरोटी र अचार सँगै देउसी भैलो, भाग्यसाली उपहार एंव सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो। देउसी भैलो कार्यक्रमको नेतृत्व श्री जनक बानियाँ र श्रीमति दक्षिणा थापाले गर्नु भएको थियो। सांस्कृतिक कार्यक्रममा बिभिन्न लोक गीत तथा आधुनिक गीतहरुको साथै नृत्य पनि बिभिन्न कलाकारहरुले प्रस्तुत गरेको थियो।









a>




Monday, October 27, 2008

Wednesday, October 22, 2008

नेकपा माओवादी को प्रतिनिधि मन्डल सँग स्विट्जरल्याण्ड मा अन्तर्कृया कार्यक्रम सम्पन्न।








जर्मनी र स्विट्जरल्याण्ड को संघियता को मोडल सम्बन्धी अध्ययन भ्रमण मा निस्कियको नेपाली सँसदिय प्रतिनिधि मन्डलको टोली हिजो स्विट्जरल्यान्ड को राजाधानी बेर्न मा आइपुगेको छ। स्विस सरकार को निमन्त्रणामा आयको टोली ले स्विस संघिय राज्य प्रणाली को बारेमा,सङिय शासन पद्दति र नियम कानुन लगायत अन्य महत्वपूर्ण ठाउँ हरु को अध्ययन भ्रमण गर्ने तथा बिभिन्न उच्च सरकारी अधिकारी हरु सँग भेट्ने कार्यक्रम रहेको छ।






यसै बिच स्विट्जरल्यान्ड आइपुगेको नेपाली सँसदिय प्रतिनिधि मण्डल मा सहभागि नेकपा माओवादी को प्रतिनिधि मण्डल को उपस्थिती मा एउटा अन्तर्कृया कार्यक्रम सम्पन्न भयो। नेपाली एक्यबद्दता मन्च स्विट्जरल्याण्ड(नेसोफ स्विस)को आयोजना मा भयको सो कार्यक्रम मा नेकपा माओवादी का केन्द्रिय सदस्य तथा संबिधानसभा सभासद क दिनानाथ शर्मा,केन्द्रिय सदस्य तथा नेवा राज्य समिती इन्चार्ज क हितमान शाक्य,नेवा राज्य समिती सदस्य सभासद क यसोदा सुबेदी(गुरुङ) र अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की क सरला शर्मा उपस्थित हुनुन्थ्यो।



अत्यान्त छोटो र ब्यस्त समय का बाबजुद भयको कार्यक्रम सम्पूर्ण ज्ञात अज्ञात शाहीदहरु प्रती एक मिनेट मौन धारण गरी शुरु भयको थियो।भने कार्यक्रम को सभापतित्व मन्च का अध्यक्ष क अशोक चौलागाइ ले गर्नु भयको थियो भने कार्यक्रम को सन्चालन मन्च का महासचिब कमल केसी ले गर्नु भयको थियो। कार्यक्रम लाई सम्बोधन गर्दै नेवा राज्य समिती सदस्य तथा संबिधान सभा सभासद क. यसोदा सुबेदी(गुरुङ)ले परदेश मा प्रगतिसिल संगठन को सकृयाता तथा उल्यख्य सहभागिता देखेर आफु अत्यान्तै खुशी भयको बताउदै यस कार्यक्रम ले आफु मा नयाँ उर्जा पैदा गरेको छ भन्नु भयो।






नेपाली जनता को मुक्ती आन्दोलन अझै जारी रहेको र आहिले को बर्तमान कार्य भनेको जनमुखी संबिधान लेख्नु रहेको बताउनु हुँदै आफुले जर्मन र स्विस भ्रमण मा देखेको र जानेको कुरा लाई नयाँ संबिधान निर्माण गर्न प्रयोग गर्ने बताउनु भयो। त्यस्तै अर्का अतिथी,नेवा राज्य समिती इन्चार्ज तथा सभासद क हितमान शाक्य ले पुरानो राज्य सत्ता को गलत राज्य प्रणाली को कारण आज बाद्यतात्मक परिस्थितीमा लाखौं युबा सक्ति बिदेसिन बाद्य भयको र अब ति बिदेसियका प्रबासी नेपाली तथा युबा सक्ती लाई नेपाली आन्दोलन सँग फ्युजन गरी नयाँ नेपाल निर्माण गरिने बताउनु भयो। अहिले देस मा नेकपा माओवादीको नेत्रित्व मा सरकार गठन भय पनि त्यो सरकार जनता को नभयको र जनता को सरकार निर्माण गर्न आन्दोलन जारी छ भन्नु भयो। त्यस्तै प्रमुख अतिथी को आसान बाट बोल्दै नेकपा माओवादी का केन्द्रिय सदस्य तथा सभासद क दिनानाथ शर्मा ले नेपाल मा संबिधान सभा को माध्यमा बाट राजतन्त्र र सामन्त बाद को अन्य भय पनि हाम्रो क्रान्ति सम्पन भयको छैन भन्नु भयो। नेपाल मा अब संघिय जनबादी गणतन्त्र स्थापना गर्न आफुहरु प्रयत्नरत रहेको तर अझै पनि पुराना सम्सद बादी दल हरु,प्रतिकृयाबादीहरु,साम्राज्यबादी तथा बिस्तारबादीहरु नेपाल मा बिहारी गणतन्त्र स्थापना गरेर प्रतिकृयाबादी तथा सामन्ती बर्ग हरु का हक र अधिकार हरु सुनिस्चित गर्न लागि परीरहेको तर आफुहरु भने सर्बहारा बर्ग को हित अधिकार सुनिस्चित गर्ने र जनमुखी संबिधान निर्माण गर्ने पक्ष मा रहेको कुरा बताउनु भयो। अहिले नेकपा माओवादी ले नेत्रित्व गरेको सरकार पनि सर्बाहारा बर्ग को सरकार नभयको र आफुहरु सर्बहारा बर्ग को सरकार स्थापना गराउन लागिपरेको छ भन्नुभयो।
नेकपा माओवादी भित्र बैचारिक संघर्स चलेको स्विकार गर्दै क्रान्तिकारी पार्टी भित्र त्यस्ता बैचारिक बहस चल्नु स्वाभाबिक भयको र यसले पार्टी लाई हानी पुर्याउने नभै फाईदा गर्ने र पार्टी लाई अझ मजबुद बनाउने जिकिर गर्नु भयो।

Thursday, May 29, 2008

König muss in zwei Wochen zügeln

Die erste Sitzung der Verfassungs-Versammlung in Nepal hat sich wegen Parteienstreitigkeiten verzögert. König Gyanendra hat unterdessen ein Ultimatum erhalten, den Königspalast binnen 15 Tagen zu räumen.


Bis zum frühen Abend (Ortszeit) kamen die 601 Delegierten in Kathmandu nicht zusammen.

Das Gremium sollte die Ausrufung der Republik und damit das Ende der 240 Jahre alten Monarchie in dem Himalaya-Staat beschliessen. Erwartet wurde eine überwältigende Mehrheit für den historischen Schritt.

Nach Angaben der Kongresspartei, die bislang den Premierminister stellt, gab es Differenzen mit den Maoisten, aus deren Reihen der nächste Regierungschef kommt, über die künftige Rolle des Präsidenten.

Die Maoisten hatten die Wahl zur verfassunggebenden Versammlung am 10. April gewonnen. In der Versammlung, die als Übergangsparlament auch eine neue Interimsregierung bestimmen wird, haben sie aber keine eigene Mehrheit. Die Maoisten hatten bis 2006 mit Waffengewalt gegen die Monarchie gekämpft.

Zahlreiche Menschen demonstrierten am Mittwoch in Kathmandu für ein Ende der Monarchie. Menschengruppen feierten die geplante Ausrufung der Republik. Vor dem früheren Königspalast auf dem Durbar-Platz im Zentrum riefen Demonstranten «Lang lebe die Republik» und «Lebewohl (König) Gyanandra.

Zwei Wochen Zeit für den Rückzug

König Gyanendra kam unterdessen zu Konsultationen mit Unterstützern, Familienmitgliedern und Beratern zusammen. Der Internetdienst Nepalnews berichtete, das Treffen habe im Palast in Kathmandu stattgefunden.

Die amtierende Übergangsregierung hatte den König am Dienstag aufgefordert, den Palast zu verlassen. Nepalesische Zeitungen berichteten, Gyanendra seien dafür 15 Tage Zeit gegeben worden. Zur Ausrufung der Republik genügt in der verfassunggebenden Versammlung eine einfache Mehrheit.

Die Maoisten, die Kongresspartei und die Vereinten Marxisten- Leninisten (UML) verfügen über mehr als zwei Drittel der Sitze. Die drei grössten sowie mehrere kleinere Parteien hatten sich im Dezember auf das Ende der Monarchie geeinigt.

Drei Tote bei Zusammenstössen

Bei Zusammenstössen kamen im Westen Nepals nach offiziellen Angaben mindestens drei Menschen ums Leben, als Sicherheitskräfte das Feuer auf gewalttätige Demonstranten eröffneten. Die Polizei teilte mit, sechs Menschen seien verletzt worden.

Die Beamten hätten zur Selbstverteidigung geschossen, als Aufrührer das Polizei-Hauptquartier im Distrikt Dhangadhi stürmen wollten. Die Demonstranten protestierten gegen Übergriffe von Maoisten gegen einen Journalisten. Die Behörden verhängten eine Ausgangssperre.