Tuesday, February 27, 2007

अमेरिकामा डेढ करोड गरिब

काठमाडौं । विश्वकै महाशक्ति राष्ट्रको रुपमा कायम अमेरिका गएर आर्थीकरुपमा सम्पन्न हुने सपना धेरैले देखेका हुन्छन् तर त्यहाँ पनि डेढ करोड जनता गरिब रहेको एक तथ्यांकले देखाएको छ । यो गरिबीको दुरी विगत तीन वर्षदेखि हालसम्मकै सबैभन्दा फराकिलो भएको बताइन्छ ।

पछिल्लो सन् २००५ को अमेरिकी जनगणनामा आधारित म्याकक्लाची न्यूज पेपस्रको विश्लेषणअनुसार एक करोड ६० लाख अमेरिकी चरम गरिवीा बाँचिरहेका छन् । सन् २००० देखि २००५ सम्म अमेरिकामा गरिबी २६ प्रतिशतले बढेको देखाएको छ । कामदारको उत्पादकत्व बढे पनि ज्याला र रोजगारीको वृद्धि पछाडि नै रहेको प्रतिवेदनले जनाएको छ । संयुक्त राज्य अमेरिकाको कुल जनसंख्या ३० करोड १० लाख रहेको छ । त्यहाँ धनी र गरिवबीच ठूलो अन्तर रहेको तथ्याङले देखाएको छ ।

Sunday, February 11, 2007

Sunday, February 4, 2007

विश्व बैंकका अध्यक्षको मोजा

बैंक भन्ने वित्तिकै हामी पैसाको गोदाम भन्ने बुझ्छौ अझ त्यसका प्रमुखसँग कति पैसा होला उसले मनलागेको चीज किन्न सक्छ होला भन्ने कल्पना गर्नु स्वभाविक हो । अझ संसारबाट गरिबी हटाउन प्रयासरत विश्व बैंकको कुरै छाडौं त्यहाँ पैसा कति होला भन्ने अनुमान सानो दिमागले गर्न सक्दैन तर संसारभरका गरिबलाई पैसा बाँड्दा बाँड्दै विश्व बैंकका अध्यक्ष पल बोल्फो बिट्जसँग मोजा किन्ने पैसा नभएको हो कि फुस्रद नभएर हो त्यो थाहा हुन सकेको छैन । एजेन्सीहरुका अनुसार पश्चिम टर्कीमा पुगेका बेला अध्यक्ष पलको फाटेको मोजा देखिएपछि संसारभर उक्त खुल्दुली मच्चिएको हो दुई दिने भ्रमणका क्रममा टर्कीका प्रधानमन्त्री तैयप आर्दोगानसँग भेटवार्ता गरी इस्तानबुलमा रहेका सुकुम्बासीका निम्ति संचालित परियोजना निरीक्षण गरेर मस्जिदमा जानेक्रममा उनको फाटेको मोजा देखिएको हो । एजेन्सीहरुले उल्लेख गरेअनुसार पलले जुत्ता खोल्ने वित्तिकै दुबै खुट्टाको मोजा प्वाल परेर औंला बाहिर निस्किएको थियो । उनीसँग पैसा नभएको विश्वास गर्न सकिँदैन किनकी सन् २००५ को रिपोर्टअनुसार अध्यक्षको तलव मात्र तीन लाख ९१ हजार चार सय ४० डलर तोकिएको थियो । प्वाल परेको मोजा देखाएर चर्चामा आएका पल यसअघि पनि मिडियामा हाँसोको पात्र बनिसकेका छन् । किनकी उनले एक टेलिभिजन कार्यक्रममा सहभागी हुनुअघि काइँयोमा थुकेर कपाल मिलाएका थिए ।

Thursday, January 18, 2007

प्रधानमन्त्रीबाट प्रधानन्यायाधीशलाई शपथ

नेपाल सरकारले प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले, सर्वोच्च अदालतका न्यायाधीश र पुनरावेदन अदालतका मुख्य न्यायाधीशलाई प्रधानन्यायाधीशले तथा पुनरावेदन अदालतका न्यायाधीश र जिल्ला अदालतका न्यायाधीशलाई पुनरावेदन अदालतका मुख्य न्यायाधीशले शपथ गराउने गरी निर्णय गरेको छ। मन्त्रिपरिषदको हिजो बसेको बैठकले सो निर्णय गरेको हो।
त्यसअनुसार आज दिउँसो ३३० बजे प्रधानमन्त्रीबाट प्रधानन्यायाधीशलाई शपथ गराइँदैछ।
मन्त्रिपरिषद्को बैठकले माओवादी शिविरमा खाद्यान्न व्यवस्थापन गर्न व्यवस्थापिका-संसदका सदस्य नेकपा माओवादीका नेता कृष्णबहादुर महरालाई रू. सात करोड पेस्कीस्वरूप उपलब्ध गराउने निर्णय पनि गरेको छ।

खानेपानीका लाइन काट्ने कर्मचारी पक्राउ

काठमाडौं । पानी जीवन हो त्यसैले शत्रुलाई पनि पानी खुवाउनु मानवीय धर्म हो । तर यस मान्यताविपरीत उपत्यकाको खानेपानी व्यवस्थापन र वितरण विदेशी कम्पनीलाई दिने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका नेपाल खानेपानी संस्थानका कर्मचारीलाई िसंहदरबारको पानीको लाइन काट्ने क्रममा प्रहरीले आज बिहान ५ः०० बजे पक्राउ गरेको छ ।

राजदरबार प्रधानमन्त्री निवास मन्त्रिक्वाटर िसंहदरबारजस्ता महत्वपूर्ण स्थानमा खानेपानीको लाइन काट्ने कर्मचारीहरुको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज बिहान िसंहदरबारको लाइन काटी फर्कदै गर्दा कर्मचारी संघर्ष समितिका महासचिव लेखबहादुर बस्नेत प्रेम नेपाल तथा विष्णु लुइँटेललाई प्रहरीले पक्राउ गरी दुई घन्टापछि छोडेको बताइएको छ ।