Thursday, August 23, 2012

गुगलले जे पनि दिन्छ, तर भात हैन :-)

लेरी पेज र सर्जी व्रिनले इन्टरनेट प्रयोगकर्ताहरू माझ प्रस्तुत गरेको ' गुगल 'लाई हामी सर्च इन्जिनको बादशाहका रूपमा चिन्छौँ। गुगल ले पछिल्लो समयमा विकसित गर्दै लगेको प्रविधिका कारण यो सर्च इन्जिनमा मात्र सीमित नभएर 'टेक्नोलोजी जाइन्ट' का रूपमा देखा परेको छ। यद्यपि गुगल भन्ने बित्तिकै सर्च इन्जिन नै बुझिन्छ। इन्टरनेटमा केही कुरा खोज्न सबैको पहिलो रोजाइ हुन्छ- गुगल । गुगल का सेवाहरूबाट प्रभावित हुने प्रयोगकर्ताहरूले त्यसलाई गुगल दाई, गुगल ेश्वर महादेवसम्म भन्ने गरेका छन्। सर्च इन्जिनबाट सुरु भएको गुगल को सेवा अपरेटिङ सिस्टम (ओएस) सम्म पुगिसकेको छ। गुगल ले क्रोम, युट्युब, जीमेल, जी प्लस, गुगल अर्थ, एन्ड्रोइड आदि प्रोडक्टलाई आफ्नो सेवामा जोडिसकेको छ। गुगल का धेरै प्रोडक्ट उक्त विधामा नम्बर एक छन्। अब गुगल लाई कन्टेन्ट सर्चका लागि मात्र प्रयोग गरे गुगल दाइ हामीसँग पक्कै रिसाउनेछन्। गुगल धेरै बाठो भैसकेको छ। बढ्दो उमेरसँगै गुगल को बौद्घकिता पनि बढ्दै गएको छ। अझ राम्रो सेवाका लागि गुगल ले आफ्नो वेबसाइटमा कन्टेन्ट सर्चबाहेक शब्दकोश, घडी, क्याल्कुलेटर, म्याप आदिको सुविधा पनि उपलब्ध गराएको छ।

 Define 
 गुगल बाट शब्दकोशको सेवा पनि लिन सकिन्छ। थाहा नभएको शब्दको अर्थ खोज्न वेवसाइटमा गैरहनु पर्दैन। गुगल को सर्च बक्समा मभाष्लभस् बदचगउत टाइप गरेर उक्त शब्दको अर्थ जान्न सकिन्छ। यसमा शब्दको अर्थसहित शब्द सम्मिलित वेबसाइटहरूको विवरण (सर्च रिजल्ट) पनि पाइन्छ। गुगल को अर्को रूप हो, क्याल्कुलेटर। हामीमा जोड, घटाउ, गुणादेखि साइन्टिफिक हिसाब गर्न क्याल्कुलेटरको आश्रय लिने बानी परिसकेको छ। सर्च बक्समा sin 30 + cos 30, 95.5 * 9 टाइप गर्नुहोस्, नतिजा तपाईंको सामु हुनेछ। पर्सनल कम्प्युटरदेखि मोबाइल ओएसमा पनि क्याल्कुलेटर एप्लिकेसन सजिलै पाइन्छ। इन्टरनेट सफिर्ङ गर्दा क्याल्कुलेटरको आवश्यकता पर्दा मोबाइल वा क्याल्कुलेटर खोजिरहनुको साटो गुगल सर्च पेजलाई नै क्याल्कुलेटरका रूपमा प्रयोग गर्दा समय पनि बचत हुन्छ।

 Unit Conversion 
 अन्तर्राष्ट्रिय मापदण्ड र चलनचल्तीको युनिट फरक पर्न सक्छ। कुनै ठाउँमा किलोग्राममा त कतै पाउन्डमा त अनि कतै लोब्समा तौल नापिन्छ। यसले अलमल्याउने त पक्कै छ। एकपटक गुगल लाई सोध्दा के नै जाला - ज्ञण्ण् एयगलम तय प्न टाइप सर्च गर्दा युनिट बदल्ने एप्लिकेसन तपाईंको अगाडि हुनेछ।

 Forex
 आजको विनिमय दर अनुसार १०० अमेरिकी डलर बराबर कति पाउन्ड हुन्छ ? पत्ता लगाउनु कुनै असहज कुरा होइन तर यसका लागि विनिमय दर कति हो थाहा हुनुपर्‍यो र हिसाव गर्नुपर्‍यो। यति लामो झन्झट किन बोक्ने गुगल सँग प्रश्न गर्नुहोस न ! गुगल बाट विनिमय दर थाहा पाउन सर्च बक्समा google .com/finance/converter टाइप गर्न सकिन्छ।

 Time
 सात समुद्र पारी कसैसँग गफ गर्न त्यहाँको समय थाहा पाउनु आवश्यक छ। समय थाहा पाउने सजिलो उपाय हो गुगल । गुगल सर्च बक्समा Time : sydney ले सिड्नी सहरको समय र मिति नतिजाका रूपमा प्रस्तुत गर्छ। Location गुगल ले ठाउँहरूको जानकारी पनि राम्रैसँग राखेको छ। कुनै पनि ठाउँको जानकारी खोज्न कागजी नक्सा पल्टाउनु भन्दा उपलब्ध भएका डिजिटल नक्सा पल्टाउनु बुद्घिमानी हुन्छ। गुगल को म्याप्स सुविधा सर्च पेजबाट पनि लिन सकिन्छ। सर्च बक्समा Locate : Kathmandu गर्दा, गुगल म्याप्सको लिंक सहित काठमाडौँको नक्सा उपलब्ध हुन्छ।

Friday, January 27, 2012


विश्वको एकमात्र टेलिभिजन टेलिकास्ट वेबसाइट हो जहाँ समाचारवाचकहरुले आफ्ना कपडा फुकाल्दै समाचार पढ्छन् ।
जब जब समाचारवाचक पुरुष वा महिलाले समाचार पढ्दै जान्छन् उनीहरुले एकपछि अर्को गर्दै लगाएका लुगा फुकाल्दै जान्छन् ।

नेक्ड न्यूजका सबै एपिसोड क्यानडाको टोरन्टोमा छायांकन गरिन्छ । २५ मिनेटको यो समाचार प्याकेज हप्तामा ३ दिन प्रशारण गरिन्छ ।
यो समाचार नेक्ड न्यूजको वेबसाइटमा गएर अनलाइनमार्फत हेर्न सकिन्छ तर त्यसको लागि पैसा तिर्नुपर्छ ।

Monday, January 2, 2012

बेलायती राजकुमार ह्यारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने


बेलायती राजकुमार ह्यारीले आगामी सिजनमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। लण्डनबाट निस्कने सन्डे टेलिग्राफले बेलायती राजतन्त्रका तेस्रा उत्तराधिकारी ह्यारी घाइते सैनिकको सहयोगका लागि सगरमाथा आरोहण टोलीमा सहभागी हुन लागेको उल्लेख गरेको छ। डायनाका कान्छा छोरा २७ वर्षीय ह्यारी बुबा राजकुमार चार्ल्स र दाजु विलियमपछि बेलायती गद्दीका तेस्रा उत्तराधिकारी हुन्।

ह्यारी घाइते सैनिकलाई सहयोग गर्ने 'वाकिङ विथ द वाउन्डेड' नामको परोपकारी संस्थाका संरक्षक हुन्।

टेलिग्राफले हजुरआमा एलिजावेथ द्वीतियाको गद्दी आरोहणको ६० वर्ष र लन्डन ओलम्पिक पनि सन् २०१२ मै पर्ने भए पनि ह्यारी सगरमाथा आरोहण गर्ने पुरानो महत्वाकांक्षामा प्रतिबद्ध रहेको उल्लेख गरेको छ। यसै वर्ष उनी जमैका, बेलिज तथा बहमासको पदयात्रामा समेत जाँदै छन्।

बेलायती राजदरबार र ह्यारी आवद्ध रहेको परोपकारी संस्थाले भने यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। ह्यारीका प्रवक्ताले भने बेलायती सेनाको कार्यक्रमअनुसार आरोहणबारे पछि जानकारी गराइने बताए।

उक्त संस्थाले रकम संकलनका लागि पहिलो चरणमा गम्भीर घाइते ८ सैनिकसहित नाम्चेबजारदेखि आधार शिविरसम्म सातदिने पदयात्रा गर्ने छन्। अर्को चरणमा कम्तीमा चार सैनिकले सगरमाथा आरोहण गर्ने छन् जसमा ह्यारी पनि सहभागी हुनेछन्।

सन् २००६ मा बेलायती सेनामा प्रवेश गरेका ह्यारी अहिले क्याप्टेन छन्। बेलायतकी कान्छी सगरमाथा आरोही बन्ने प्रयास गरिरहेकी २१ वर्षीया मोलिइ ह्युजले भने सैनिक टोलीका संयोजकले राजकुमार ह्यारी पनि आरोहणमा जाने आफूलाई जानकारी गराएको टेलिग्राफसँग बताएकी छन्।

प्रेरणा सिंहको शरिरवाट १४ किलो बोसो झिकिएको छ ।

अस्वभाविकरुपमा मोटाउँदै गएकी पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा सिंहको शरिरवाट १४ किलो बोसो झिकिएको छ ।

यसअघि १२ किलो बासो झिकिसकेकी प्रेरणाले दोस्रोपटक सिंगापुरमा सल्यक्रिया गरेर फेरि १४ किलो बोसो झिकेको छ ।

१ सय ५ किलो तौल रहेकी प्रेरणाको कम्मरभन्दा माथिल्लो भागबाट बोसो झिकेपछि अब उनी ९१ किलोमा झरेकी छन् । चार दिनअघि उनको अप्रेसन गरिएको स्रोतले बतायो ।

यसअघि उनले चार बर्षअघि पनि सिंगापुरमै अप्रेसन गरेर १२ किलो बोसो झिकेकी थिइन् । अस्वभाविकरुपमा बोसो बढ्दै गएपछि उनलाई हिडडुल गर्नसमेत समस्या पर्न थालेको थियो ।

अप्रेसन सफल भएपछि उनी डिस्चार्ज भएर आराम गरिरहेको भएपनि सिंगापुरमै रहेका उनका पति राजबहादुर सिंह भने भेटन गएका छैनन् । थाइल्याण्डमा रहेका उनका दाजु पारश साह पनि सिंगापुरमा रहेका आमा र बहिनीलाई भेटन गएका छैनन् ।

यसैवीच पूर्वरानी कोमल शाहको पनि कानको अप्रेसन गरिएको छ । उनको दाहिने कानको अप्रेसन गरिएको छ । उनले चार बर्षअघि बेलायत पुगेर कानमा मेसिन राखेकी थिइन् ।

अप्रेसनको ब्यबस्था मिलाउन पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिना दश दिन अघि सिंगापुर पुगेका थिए । कोमल र प्रेरणासहित सवै पूर्व राजपरिवार सदस्य अझै तीन सातासम्म सिंगापुर रहने बताइएको छ ।

Friday, September 30, 2011

बाथरुममा भिडियो क्यामरा


बेलायतमा एकजना भारतीयमूलका मुटु रोग विशेषज्ञले लाजमर्दो व्यवहार गरेका छन् । तिनले आप्ना महिला डाक्टर साथीको तस्बिर रेकर्ड गर्न आप्mनो घरको बाथरुममा सीसीटिभी क्यामरा फिट गरेका थिए । लिडसमा कार्यरत ३३ वर्षीय विवेक बालिगलाई तीन अपराधमा दोषी पाइएको छ । सरकारी वकिल कार्मेल पियर्सनले दिएको जानकारीअनुसार बालिगका दुई महिला डाक्टर नजिकका साथी थिए । ती दुई महिला बालिगको घरमा आउजाउ गरिरहन्थे । बालिगको घरमा नुहाइरहेकी एक महिलाले बाथरुममा भिडियो क्यामराबारे जानकारी पाएकी थिइन् । त्यो देखेपछि उनी अत्तालिँदै प्रहरीमा उजुरी दिन पुगेकी थिइन् । त्यसपछि मात्र यो विषय बाहिर आएको थियो ।

Wednesday, July 6, 2011

जेनेभामा नेपाली समाज गठन र बार्बीक्यु पार्टी


-दिपक शर्मा जेनेभाबाट

यही जुलाइ ३ तारिख आइतवारका दिन जेनेभा सहरमा बार्बीक्यु पार्टी र जेनेभा नेपाली समाज गठन भयो। सोनाम लामाको अध्यक्षमा १३ सदस्य समिति गठन भएको छ । उपाध्यक्षमा मोहन गौतम, महासचिबमा सम्झना थापा, कोषाध्यक्षमा निता कपुर(सास्कृतीक संयोजक) र सदस्यहरुमा दिपक शर्मा खतिवडा, दिपेन्द्र रावत (खेलकुद संयोजक) , सन्तोष राना सुब्बा, भाष्कर अधिकारी, राम भन्डारी, शिव रिजाल, प्रबेस श्रेष्ठ, मन्जरी गौतम सर्वसम्वत चुनिनु भएको छ । र एक जना सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनयन गर्ने बताइएको छ। समितीमा ३३% महिलाको सहभागिता गराइएको छ। यस कार्यसमितिले संस्थापक सल्हाकारमा संजय मुडभरी,कानुनी सल्हाकारमा हर्मन वार्निय र सल्हाकारहरुमा बिनायक मल्ल, डा. सुरेन्द्र पान्डे(यु एन एच सि आर), ठाकुर पराजुली (डब्लु टि ओ) र मुरारी अर्याल (वल्ड बैंक) रहनु भएको जानकारी गराएको छ।
गर्मिको समयमा जेनेभाबासीनेपालीलाइ बिदाको समय पारेर जेनेभामा आयोजना गरेको बार्बीक्यु पार्टी मा ५० जना नेपालीको सहभागीता थियो । उक्त पार्टीमा लोजान र न्युशाटेलका नेपालीहरुले पनि जेनेभा नेपाली समाजको समर्थन गर्दै आफ्नो उपस्थिती जनाउनु भएको थियो।
आजको कार्यक्रममा कार्यसमिती गठन ,जेनेभा भलिवल टिम छनौट ,सदस्यता बितरण र कोष संकलन गरिएको थियो । कोष संकलनमा जेनेभबासी तथा स्विस फ्रेन्चली भागमा बसोबास गर्नु हुने नेपालीहरुको सहयोगितामा कोषमा ३००० स्विस फ्रेन्क संकलन भएको छ । यो रकम स्विटजरल्याण्डमा रहनु भएका नेपालीहरुको समस्यामा र बिभिन्न कार्यक्रम संचालन गर्दा उपयोगमा ल्याउने कुरा समाजका कोषाध्यक्ष निता कपुरले जानकारी दिनु भएको छ। जेनेभाका विभिन्न संगठनमा आबद्द नेपालीहरुले पनि आवश्यक रकम सहयोग गर्ने बताउनु भएको छ।
यस समितीलाई आराउबासी र निरन्जन श्रेष्ठले पनि सहयोग गर्ने बताउनु भएको छ । जसरी आराउमा आराउबासी नेपाली,युनिक ग्रुप र जुरिचमा स्विस नेपाल समाज जस्ता समाजिक संस्थाले विभिन्न कार्यक्रम गरेजस्तै जेनेभा नेपाली समाजले पनि ससक्त रुपमा कार्य गरेर लैजाने र जेनेवा नेपाली समाजलाई जेनेभामा आधिकारिक रुपमा दर्ता गराउने प्रतिबद्दता समाजका अध्यक्ष सोनाम लामाले दिनु भएको छ।

के हो सेक्स टोयज ?



यौनसन्तुष्टि प्राप्त गर्न प्रयोग गरिने कृत्रिम यौनसामग्री नै सेक्सटोयज हो, जुन ठ्याक्कै उही आकार र रंगमा उपलब्ध हुन्छ। यसका थुप्रै भेराइटिज छन्। आफैं सन्तुष्टि पाउनुका साथै अरूद्वारा सन्तुष्टि प्राप्त गर्न पनि यसको प्रयोग गरिन्छ। यौन खेलौनाका बारेमा थुप्रै गलत धारणा विद्यमान छन्। भनिन्छ, एक्लो र सेक्सुअल पार्टनर नभएका व्यक्ति, समलिंगी (गे अथवा लेस्बियन) हरूले यसको प्रयोग गर्छन् तर सत्य अर्कै छ। यसको प्रयोग सबै व्यक्तिले उत्तिकै गर्छन्।

कोही एक्लो भएका बेला वा यौन मित्रसँगै यौन आनन्दका लागि यस्ता सेक्सटोयज प्रयोग गरिन्छ। सेक्सटोयज क्वालिटीयुक्त सफा एवं आकर्षक हुनुपर्छ । यसको प्रयोगबाट यौनजन्य सरुवा रोगबाट बच्न सकिन्छ। सेक्सटोयज मुख्यतः माड्ने, दल्ने र भाइब्रेटर हुन्छन् जुन यौनांग र मलद्वारमा यौनसम्पर्कका बेला प्रयोगमा ल्याइन्छ। सहवासमा सेक्सटोयजको प्रयोग कहिलेकाहीँ आफ्नो यौनप्यासका सम्बन्धमा आफ्नो सेक्स पार्टनरलाई भन्न गाह्रो हुन्छ। नयाँ खालको रमाइलो गर्ने कुरामा उनीहरू आफ्ना कुरा व्यक्त गर्न सक्दैनन्। कतिपयमा सेक्सटोयज प्रयोग गर्नु हुँदैन भन्ने मानसिकता हुन्छ।

इमान्दारिता र खुला रूपमा आफ्नो सेक्स पार्टनरलाई यस विषयमा बताउनुपर्छ, जसले गर्दा यौन सम्पर्कका बेला यस्ता सेक्सटोयजको प्रयोगका सम्बन्धमा दुवैमा सकारात्मक धारणाको विकास भै पूर्ण यौनसन्तुष्टिको भागीदार हुन सकिन्छ। सेक्स पार्टनरलाई के गर्न मन लाग्छ ? उसले यौनलाई कसरी स्वीकार गर्छ भन्ने कुरादेखि लिएर सेक्सटोयज स्वस्थ हुनुपर्छ जस्ता कुराको ख्याल गरे यसले जीवनलाई आनन्ददायक बनाउने दाबी गरिन्छ। सेक्सटोय किन्दा ध्यान दिनुपर्ने कुराकस्तो खालको सेक्सटोय छान्ने अथवा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा केही कुरा दिमागमा राख्नुपर्छ। यसको प्रयोग आनन्दायक र स्वास्थ्यका दृष्टिकोणले यौनजन्य संक्रमणरहित हुनुपर्छ।

सेक्सटोयजको प्रयोगअघि त्यसको क्वालिटी र अवस्थामा ध्यान पुर्‍याउनुपर्छ। नरमपन पनि जाँच्नु आवश्यक हुन्छ। सेक्सटोय च्यातिएको अथवा भाँचिएको पनि हुन सक्छ। सेक्सटोयजको प्रयोगमा चिल्लो पदार्थको ठूलो भूमिका हुन्छ जसले सुरक्षित यौनआनन्द प्रदान गर्छ। यसका लागि आफ्नो यौन खेलौनाअनुरूपको उच्चस्तरीय चिल्लो पदार्थ (लुब्रिकेन्ट) बजारमा उपलब्ध हुन्छ। सबै यौन खेलौना साटासाट गर्नु उपयुक्त हुँदैन। यस्ता सामग्री कसैलाई दिँदा यौन संक्रमण हुनसक्छ।

नधोइएको र कन्डम प्रयोग नगरिएको सेक्सटोय मुख र महिला यौनअंगमा लगाउनु हुँदैन, किनभने सेक्सटोयलाई गुदद्वारमा पनि प्रयोग गरिएको हुनसक्छ। बिना सावधानी प्रयोग भए यसबाट महिलाहरूको पिसाब नलीमा संक्रमण हुन सक्छ। यदि सेक्सटोयको प्रयोगले पीडा भए तत्काल सम्भोगक्रिया रोक्नुपर्छ। आफ्नो पार्टनरसँग सेक्सटोय प्रयोग गर्दा एक-अर्कामा विश्वास आवश्यक हुन्छ। पुनः इच्छा भए केही बेर आराम गरेर सेक्स टोयमा थप चिल्लो पदार्थ लगाई काम सुरु गर्नु उपयुक्त हुन्छ। सेक्सटोयको सफाइ सेक्सटोय महँगो हुन्छ। यसको प्रयोग बारम्बार गरिन्छ। त्यसैले पनि यसलाई जोगाउन उत्तिकै ध्यान पुर्‍याउनुपर्छ। यौनजन्य संक्रमण र जीवाणु आक्रमणबाट बच्न पनि सेक्सटोयलाई राम्रोसँग सफा गर्नुपर्छ। केही रोगका जीवाणु सेक्सटोयमा लामो समयसम्म रहन सक्छन्। हेपाटाइटिस र स्क्याबिजजस्ता रोगका जीवाणु केही सातादेखि महिना दिनसम्म जीवित हुन सक्छन्। त्यसका लागि सेक्सटोयलाई कसरी सफा गर्ने भन्ने कुरामा ध्यान दिनु आवश्यक हुन्छ। कडा सेक्सटोयकडा सेक्सटोय जुन सिसा, स्टिल, कडा प्लास्टिक वा सिलिकनले बनेका हुन्छन्। सिसालाई साबुन पानीले धुनुपर्छ।

नरम सिसाबाट बनेका साधन साबुन-पानीले धुँदा सफा हुन्छन् भने यस्ता सेक्सटोयलाई तातो स्थानमा राख्नु हुँदैन। स्टिलबाट बनेका सेक्सटोयमा विद्युतीय मेसिन जोडिएको भए हल्का मनतातो साबुन पानि प्रयोग गर्नुपर्छ। यदि विद्युतीय मेसिन प्रयोग नभएको खण्डमा त्यसलाई ब्लिच र पानीको घोलमा १० मिनेट उमालेर सुकाउनुपर्छ। कडा प्लास्टिकबाट निर्मित सेक्सटोयलाई एन्टिब्याक्टेरियल साबुन-पानीले धुनुपर्छ भने यसलाई पानीमा उमाल्नु हुँदैन। सिलिकनबाट बनेका सेक्सटोयलाई पाँच मिनेट उमाल्नुपर्छ, त्यसपछि धुनुपर्छ। सिलिकन टोयलाई एन्टिब्याक्टेरियल साबुन र तातो पानीले धुनुपर्छ। सिलिकनबाट बनेका भाइब्रेटरलाई उमाल्नु हुँदैन, किनभने त्यसले भाइब्रेटरको आन्तरिक संरचना बिगार्न सक्छ। नरम सेक्सटोयनरम सेक्सटोयहरू रबर, रेक्जिन, नाइलन तथा छालाबाट बनेका हुन्छन्। रबरबाट बनेका सेक्सटोय पारदर्शी र नरम भएकाले सफा गर्न गाह्रो हुन्छ।

यो विभिन्न केमिलकको मिश्रणबाट बन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। त्यस कारण यस्ता सेक्सटोयको प्रयोगमा कन्डम युज गर्नु उपयुक्त हुन्छ। रेक्जिनबाट बनेका सेक्सटोय एकदम नरम र धुन कठिन हुन्छन्। यसबाट धेरैजसो कृत्रिम लिंग बनेका हुन्छन्। यसलाई नरम तातो पानीले मात्र धुनुपर्छ। सुकाएपछि यसलाई सफा र चम्किलो साथै धूलो नटाँसिने बनाउन पाउडर लगाउनुपर्छ। नाइलनबाट निर्मित सेक्सटोयलाई एन्टिब्याक्टेरियल साबुन-पानीले धुन सकिन्छ। छालाबाट बनेका सेक्स्ाटोयहरू पनि धुन मिल्ने खालका हुन्छन्। यसलाई सफा गर्दा लेदर कन्डिसनर प्रयोग गर्नुपर्छ।सेक्सटोय प्रयोगका फाइदा विश्वका लाखौं व्यक्तिको यौनचाहनालाई यस्ता सेक्सटोय निर्माण कम्पनीले विभिन्न प्रकारको यौनसामग्री उत्पादन गरी पूरा गरिरहेका छन्। यस्ता सेक्सटोयबाट मानिसहरूले राम्रै फाइदा लिने गरेका छन्, अर्थात् सेक्सटोय पनि उनीहरूको यौन सन्तुष्टि पाउने माध्यम बनेको छ। यसको प्रयोगले थुप्रैलाई प्रत्यक्ष फाइदा पुयाएको छ। सेक्सटोयले यौनव्यवहारमा विविधता ल्याउनुका साथै यसले यौनसम्बन्धमा पूर्ण सन्तुष्टि प्रदान गरेको दाबी गरिन्छ। सेक्सटोयले मानिसको यौनआकांक्षा पूरा गर्छ।

यसले यौन सम्बन्धलाई पनि सहयोग पुर्‍याउँछ। यसले राम्रो यौनसम्बन्धलाई पनि मसालेदार बनाउन सहयोग गर्छ। सेक्स पार्टनरबाट सन्तुष्टि नमिलेको अवस्थामा यसबाट आफ्नो इच्छानुसार यौनसन्तुष्टि लिन सकिन्छ। सेक्स पार्टनर टाढा भएका बेला यसको प्रयोग गरी सन्तुष्टि लिन सकिन्छ। सेक्सटोयको प्रयोगले पूर्ण यौनसन्तुष्टि दिनुका साथै तनावबाट पनि मुक्ति दिन्छ। सेक्सटोयले यौन सक्रियता बढाउँछ। पार्टनरलाई यौनचाहना नभए यसको प्रयोग गरी आफूले सन्तुष्टि लिन सकिन्छ। यौनसन्तुष्टि प्राप्त गर्न प्रयोग गरिने कृत्रिम यौनसामग्री नै सेक्सटोयज हो, जुन ठ्याक्कै उही आकार र रंगमा उपलब्ध हुन्छ। यसका थुप्रै भेराइटिज छन्। आफैं सन्तुष्टि पाउनुका साथै अरूद्वारा सन्तुष्टि प्राप्त गर्न पनि यसको प्रयोग गरिन्छ। यौन खेलौनाका बारेमा थुप्रै गलत धारणा विद्यमान छन्।

भनिन्छ, एक्लो र सेक्सुअल पार्टनर नभएका व्यक्ति, समलिंगी (गे अथवा लेस्बियन) हरूले यसको प्रयोग गर्छन् तर सत्य अर्कै छ। यसको प्रयोग सबै व्यक्तिले उत्तिकै गर्छन्। कोही एक्लो भएका बेला वा यौन मित्रसँगै यौन आनन्दका लागि यस्ता सेक्सटोयज प्रयोग गरिन्छ। सेक्सटोयज क्वालिटीयुक्त सफा एवं आकर्षक हुनुपर्छ । यसको प्रयोगबाट यौनजन्य सरुवा रोगबाट बच्न सकिन्छ। सेक्सटोयज मुख्यतः माड्ने, दल्ने र भाइब्रेटर हुन्छन् जुन यौनांग र मलद्वारमा यौनसम्पर्कका बेला प्रयोगमा ल्याइन्छ। सहवासमा सेक्सटोयजको प्रयोग कहिलेकाहीँ आफ्नो यौनप्यासका सम्बन्धमा आफ्नो सेक्स पार्टनरलाई भन्न गाह्रो हुन्छ। नयाँ खालको रमाइलो गर्ने कुरामा उनीहरू आफ्ना कुरा व्यक्त गर्न सक्दैनन्।

कतिपयमा सेक्सटोयज प्रयोग गर्नु हुँदैन भन्ने मानसिकता हुन्छ। इमान्दारिता र खुला रूपमा आफ्नो सेक्स पार्टनरलाई यस विषयमा बताउनुपर्छ, जसले गर्दा यौन सम्पर्कका बेला यस्ता सेक्सटोयजको प्रयोगका सम्बन्धमा दुवैमा सकारात्मक धारणाको विकास भै पूर्ण यौनसन्तुष्टिको भागीदार हुन सकिन्छ। सेक्स पार्टनरलाई के गर्न मन लाग्छ ? उसले यौनलाई कसरी स्वीकार गर्छ भन्ने कुरादेखि लिएर सेक्सटोयज स्वस्थ हुनुपर्छ जस्ता कुराको ख्याल गरे यसले जीवनलाई आनन्ददायक बनाउने दाबी गरिन्छ। सेक्सटोय किन्दा ध्यान दिनुपर्ने कुराकस्तो खालको सेक्सटोय छान्ने अथवा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा केही कुरा दिमागमा राख्नुपर्छ। यसको प्रयोग आनन्दायक र स्वास्थ्यका दृष्टिकोणले यौनजन्य संक्रमणरहित हुनुपर्छ। सेक्सटोयजको प्रयोगअघि त्यसको क्वालिटी र अवस्थामा ध्यान पुर्‍याउनुपर्छ।

नरमपन पनि जाँच्नु आवश्यक हुन्छ। सेक्सटोय च्यातिएको अथवा भाँचिएको पनि हुन सक्छ। सेक्सटोयजको प्रयोगमा चिल्लो पदार्थको ठूलो भूमिका हुन्छ जसले सुरक्षित यौनआनन्द प्रदान गर्छ। यसका लागि आफ्नो यौन खेलौनाअनुरूपको उच्चस्तरीय चिल्लो पदार्थ (लुब्रिकेन्ट) बजारमा उपलब्ध हुन्छ। सबै यौन खेलौना साटासाट गर्नु उपयुक्त हुँदैन। यस्ता सामग्री कसैलाई दिँदा यौन संक्रमण हुनसक्छ।नधोइएको र कन्डम प्रयोग नगरिएको सेक्सटोय मुख र महिला यौनअंगमा लगाउनु हुँदैन, किनभने सेक्सटोयलाई गुदद्वारमा पनि प्रयोग गरिएको हुनसक्छ।

बिना सावधानी प्रयोग भए यसबाट महिलाहरूको पिसाब नलीमा संक्रमण हुन सक्छ। यदि सेक्सटोयको प्रयोगले पीडा भए तत्काल सम्भोगक्रिया रोक्नुपर्छ। आफ्नो पार्टनरसँग सेक्सटोय प्रयोग गर्दा एक-अर्कामा विश्वास आवश्यक हुन्छ। पुनः इच्छा भए केही बेर आराम गरेर सेक्स टोयमा थप चिल्लो पदार्थ लगाई काम सुरु गर्नु उपयुक्त हुन्छ। सेक्सटोयको सफाइ सेक्सटोय महँगो हुन्छ। यसको प्रयोग बारम्बार गरिन्छ। त्यसैले पनि यसलाई जोगाउन उत्तिकै ध्यान पुर्‍याउनुपर्छ।

यौनजन्य संक्रमण र जीवाणु आक्रमणबाट बच्न पनि सेक्सटोयलाई राम्रोसँग सफा गर्नुपर्छ। केही रोगका जीवाणु सेक्सटोयमा लामो समयसम्म रहन सक्छन्। हेपाटाइटिस र स्क्याबिजजस्ता रोगका जीवाणु केही सातादेखि महिना दिनसम्म जीवित हुन सक्छन्। त्यसका लागि सेक्सटोयलाई कसरी सफा गर्ने भन्ने कुरामा ध्यान दिनु आवश्यक हुन्छ। कडा सेक्सटोयकडा सेक्सटोय जुन सिसा, स्टिल, कडा प्लास्टिक वा सिलिकनले बनेका हुन्छन्। सिसालाई साबुन पानीले धुनुपर्छ। नरम सिसाबाट बनेका साधन साबुन-पानीले धुँदा सफा हुन्छन् भने यस्ता सेक्सटोयलाई तातो स्थानमा राख्नु हुँदैन। स्टिलबाट बनेका सेक्सटोयमा विद्युतीय मेसिन जोडिएको भए हल्का मनतातो साबुन पानि प्रयोग गर्नुपर्छ। यदि विद्युतीय मेसिन प्रयोग नभएको खण्डमा त्यसलाई ब्लिच र पानीको घोलमा १० मिनेट उमालेर सुकाउनुपर्छ।

कडा प्लास्टिकबाट निर्मित सेक्सटोयलाई एन्टिब्याक्टेरियल साबुन-पानीले धुनुपर्छ भने यसलाई पानीमा उमाल्नु हुँदैन। सिलिकनबाट बनेका सेक्सटोयलाई पाँच मिनेट उमाल्नुपर्छ, त्यसपछि धुनुपर्छ। सिलिकन टोयलाई एन्टिब्याक्टेरियल साबुन र तातो पानीले धुनुपर्छ। सिलिकनबाट बनेका भाइब्रेटरलाई उमाल्नु हुँदैन, किनभने त्यसले भाइब्रेटरको आन्तरिक संरचना बिगार्न सक्छ। नरम सेक्सटोयनरम सेक्सटोयहरू रबर, रेक्जिन, नाइलन तथा छालाबाट बनेका हुन्छन्। रबरबाट बनेका सेक्सटोय पारदर्शी र नरम भएकाले सफा गर्न गाह्रो हुन्छ। यो विभिन्न केमिलकको मिश्रणबाट बन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। त्यस कारण यस्ता सेक्सटोयको प्रयोगमा कन्डम युज गर्नु उपयुक्त हुन्छ।

रेक्जिनबाट बनेका सेक्सटोय एकदम नरम र धुन कठिन हुन्छन्। यसबाट धेरैजसो कृत्रिम लिंग बनेका हुन्छन्। यसलाई नरम तातो पानीले मात्र धुनुपर्छ। सुकाएपछि यसलाई सफा र चम्किलो साथै धूलो नटाँसिने बनाउन पाउडर लगाउनुपर्छ। नाइलनबाट निर्मित सेक्सटोयलाई एन्टिब्याक्टेरियल साबुन-पानीले धुन सकिन्छ। छालाबाट बनेका सेक्स्ाटोयहरू पनि धुन मिल्ने खालका हुन्छन्। यसलाई सफा गर्दा लेदर कन्डिसनर प्रयोग गर्नुपर्छ।सेक्सटोय प्रयोगका फाइदा विश्वका लाखौं व्यक्तिको यौनचाहनालाई यस्ता सेक्सटोय निर्माण कम्पनीले विभिन्न प्रकारको यौनसामग्री उत्पादन गरी पूरा गरिरहेका छन्। यस्ता सेक्सटोयबाट मानिसहरूले राम्रै फाइदा लिने गरेका छन्, अर्थात् सेक्सटोय पनि उनीहरूको यौन सन्तुष्टि पाउने माध्यम बनेको छ। यसको प्रयोगले थुप्रैलाई प्रत्यक्ष फाइदा पुयाएको छ।

सेक्सटोयले यौनव्यवहारमा विविधता ल्याउनुका साथै यसले यौनसम्बन्धमा पूर्ण सन्तुष्टि प्रदान गरेको दाबी गरिन्छ। सेक्सटोयले मानिसको यौनआकांक्षा पूरा गर्छ। यसले यौन सम्बन्धलाई पनि सहयोग पुर्‍याउँछ। यसले राम्रो यौनसम्बन्धलाई पनि मसालेदार बनाउन सहयोग गर्छ।


सेक्स पार्टनरबाट सन्तुष्टि नमिलेको अवस्थामा यसबाट आफ्नो इच्छानुसार यौनसन्तुष्टि लिन सकिन्छ। सेक्स पार्टनर टाढा भएका बेला यसको प्रयोग गरी सन्तुष्टि लिन सकिन्छ। सेक्सटोयको प्रयोगले पूर्ण यौनसन्तुष्टि दिनुका साथै तनावबाट पनि मुक्ति दिन्छ। सेक्सटोयले यौन सक्रियता बढाउँछ। पार्टनरलाई यौनचाहना नभए यसको प्रयोग गरी आफूले सन्तुष्टि लिन सकिन्छ।

- भीषण राई

Tuesday, August 4, 2009






नेपाली ऐकयवद्धता मन्च -नेसोफ) स्वीट्जरल्याण्डको आयोजनामा स्वीस नागरिकहरुको प्रगतिशील संगठनको सहयोगमा स्वीट्जरल्याण्डको औघोगिक शहर ज्युरिकमा भव्य क्रान्तिकारी सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो।

सैयौं नेपाली तथा स्वीस नागरिकहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नेसोफ स्वीट्जरल्याण्डका अध्यक्ष अशोक चौलागाई र कार्यक्रम आयोजक समितिका संयोजक श्याम घलेल कार्यक्रममा उपस्थित एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य ,मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक तथा सभासद सन्तोष वुढा मगर , एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य ,मगर राष्ट्रिय मुक्ति मोर्चाका दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका सचिवालय सदस्य तथा सभासद् ओन्सरी र्घर्तिमगर र एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार,सामना सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष तथा वरिष्ठ जनकलाकार तथा सभासद खुशीराम पाख्रिन ,स्वीट्जरल्याण्डका लागि नेपाली राजदुत डा.दिनेश भट्र्राई तथा मगरात सांस्कृतिक परिवारका कलाकारहरुलाई खादा ओढाएर सम्मान तथा स्वागत गर्नुभयो ।

प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्दै नेता तथा सभासद वुढामगरले भन्नुभयो हामी नयां नेपालको निर्माणको अभियानमा जुटेका छौं। यो अभियानमा नेपालमा रहेका तथा नेपाल वाहिर रहेेका सवै नेपालीहरुको उत्तिकै सहभागिताको जरुरी छ। तपाइहरु प्रवासमा रहेका नेपालीहरु प्ानि यो अभियानमा जुट्नुहोस ।

नेसोफ स्वीट्जरल्याण्डका अध्यक्ष अशोक चौलागाईंको सभापतित्व र महासचिव कमल केसीले सन्चालन गर्नुभएको उद्धघाटन सत्रको लगत्तै मगर सांस्कृतिक परिवारको प्रस्तुति शुरुभएको थियो। म्ागर सांस्किृतिक परिवारका इञ्चार्ज टेकम वाठामगरले सञ्चालन गर्नुभएको सांस्कृतिक कार्यक्रमको नयां नेपाल र्स्वर्ग वनाउं भन्ने पहिलो सांगितिक प्रस्तुतिलाई हलमा उपस्थित जनसमुदायले तालीको गडगडाहटले स्वागत गरेका थिए ।

महामहिम राजदुत डा.दिनेश भट्राइले विशेष अतिथिको रुपमा छोटो शुभकामना मन्तव्य दिनु भएको उक्त कार्यक्रममा जव मुक्त हुन्छ देश भन्ने जनमुक्ति शेनाको नाचले हलका दर्शकहरु सवैलाइ जुरुक्कै उचालेको थियो ।

व्ारिष्ठ जनकलाकार खुशिराम पाख्रिनले विशेष अतिथिको तर्फाट सांगितिक कोशेली आमाको छाति वैरिले लुछ्दा के हेर्र्छौ वसेर भन्ने गित प्रस्तुत गर्नु भएको थियो ।

म्ागर सांस्कृतिक परिवारका त्रिपना पुन मगर,सरला पुन मगर र धन वहादुर रोका मगरको प्रस्तुति परदेश छोडेर नेपाल फर्केका आफ्ना आफन्त संग भलाकुसरीको भाव भएको मारुनी नृत्य आकासैको कालो वादल पानी परयो मादलुको तालैमा आउ नाचौं छम्म छम्म भन्ने र ग्यामी मारुनी नृत्य प्रस्तुत गर्नु भयो ।

म्ागर सांस्कृतिक परिवारका प्रशिक्षक धन वहादुमगरको प्रस्तुती हाम्रो मुक्तिको संग्राम रोकिएको छैन शहिदले टेकेको पाइलो मेटिएको छैन आन्दोलन जारी छ भन्ने भावको गितले सवै दर्शकलाई उत्तेजित वनाएको थियो ।

सांस्कृतिक परिवारका आकर्ष प्रस्तुतिहरु प्ांछिमा डांफे राम्रो फुलमा लाली गुरांस हामीलाई लाग्छ राम्रो नेपाली धर्ति आकाश भन्ने राष्ट्रिय गितमा धन व ग्यामी मगर ,सरला पुन मगर, त्रिपना पुन मगर र तिर्थ राज रोका मगरले नृत्य प्रस्तुत गर्नुभएको थियो। निषा मगरको मलाइ युद्ध लड्न देउ भन्ने गितमा प्रस्तुत नृत्य संगसंगै कति राम्रो तर्राई पहाड कति राम्रो हिमाल , हे कान्छी फलाउं फलाउ फुलाउ हाम्रै नेपाल भन्ने लोक नृत्य संग संगै सवै दर्शकहरु छम छम नाचेका थिए ।

उक्त कार्यक्रममा स्वीस नागरिकहरुको प्रगतिशील संस्थाकी नेतृ ग्रासीयाले नेपाली क्रान्ति प्रति ऐकवद्धता जाहेर गर्दै मन्तव्य व्यक्त गरेकी थिइन भन्ने अर्का युवा नेता रुदोलेसांस्कृतिक कार्यक्रम मार्फ इटली सरकारले मजदुरहरु माथि गरेको दमनको भर््रर्त्सना गर्दै मजदुरहरुको आन्दोलन प्रति ऐकवद्धता जाहेर गरेका थिए ।

Saturday, July 25, 2009

युरो टुर २००९ स्विट्जर्ल्यान्ड मा सम्पन्न










युनिक ग्रुप स्विट्जर्ल्यान्ड द्वरा आयोजित युरो टुर २००९ स्विट्जर्ल्यान्ड को लेन्ज्बुर्ग मा भब्य रुपमा सम्पन्न भएको छ

युनिक गुर्प का निराजन श्रेष्ठ को स्वागत मन्तब्य सँगै सुरु भएको उक्त कार्यक्रमा मा उलेख्य रुपमा स्विस्स बासी नेपाली एबम अन्य राष्ट्र का नागरिक को उपस्थिती थियो / उक्त कार्यक्रम मा बिशेष अतिथी नेपालका उधोग राज्य मन्त्री दान बहादुर चौधरी र कार्यक्रम का प्रमुख अतिथी महामहिम राज दुत डा दिनेश भटराइ ले आफ्नो मन्तब्य राख्दै यसरी नेपाली कलाकरलाई यहाँ ल्याएर कार्यक्रम गर्न सफल भयको मा सहरान् गर्नुभयो/ पप गयक सुगम पोखरेल को जोडदार प्रस्तुती सहित शुरु भएको दोस्रो चरन कार्यकममा नेपाली चर्चित हास्यकलाकार मनोज गजुरेल ले आफ्नो ह्हास्य कार्यक्रम सुरुगर्नु भएको थियो/ चरन बध रुप मा सन्चालित उक्त कार्यक्रम मा दर्शकहरुले भरपुर मनोरन्जन लिनु भएको थियो / उक्त कार्यक्रम मा मनोज गजुरेल को हासो , सुगम पोखरेल को गीत डिजे राजु र डिजे शरण ले दर्शक लाई भरपुर नचाउन सफल हुनु भएको थियो

नेपाली खाना को ब्यबस्था गरिएको उक्त कार्यक्रम मा खानाको बिस्राम पछी चर्चित नेपाली स्थानिय कलाकार निता कपुर र महेन्द्र सापकोटा ले डिजे राजु को रिमिक्स गीत मा आप्नो आकर्सित नत्य प्रस्तुत गर्नुभएको थियो/
शरण के सि र दिनेश प्रधान ज्यु को सहयोग मा स्विट्जर्ल्यान्ड बासी साथीहरु गौरी बर्तौला, प्रेम भारती, राम कुमार महतो, निराजन श्रेष्ठ, शुक्र श्रेष्ठ, गुण राज शर्मा को समुह युनिक ग्रुप द्वरा आयोजित उक्त कार्यक्रम मा स्वदिस्ट नेपाली खाना मा दल बहादुर पुन, प्रेम भण्डारी लगायत राज क्षेत्री र राम रिजाल त्यसै गरी अन्य सहयोग गर्नुहुने स-परिवार दुर्गा पोखरेल,सुनिता पोखरेल , सिमा गौतम, एडी भारती ,सबिने शर्मा , सोनिया श्रेष्ठ ,इसाबेल बर्तौला , धर्म गुरुङ, ईश्वर लगायत का साथीहरुले अंुल्य सहयोग गर्नु भएको थियो/

कार्यक्रम को अन्तमा गौरी बर्तौला,प्रेम भारती, राम कुमार महतो ,निराजन श्रेष्ठ र शुक्र श्रेष्ठ ले सयुक्त रुपमा नेपाली कलाकार र भान्सा सहयोग गर्नु हुने साथी हरुलाई माया को चिनो प्रदान गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण माहनु भाब हरुलाई धन्यवाद ज्ञानपन गरिएको थियो/
उक्त कार्यक्रम मा सम्पूर्ण म्युजिक सिस्टम उपलब्ध गराइ बिशेष सहयोग गर्नु हुने श्री रोही लाई धन्यबाद ब्यक्त गरिएको थियो

गुण राज शर्मा द्वरा संचालित उक्त कार्यक्रम मा नेपाली कलाकार को प्रस्तुती सहित नेपाली खाना को प्रसन्सा गरिएको थियो

Tuesday, June 30, 2009

मनोज गजुरेल नाइटको आयोजना

युरो टुर-२००८ को अपार सफलता पछी बुम इन्टरनेशनल नेपाल तथा साइवर संसार डट कमले युरोपका बिभिन्न शहरमा मनोज गजुरेल नाइटको आयोजना गर्ने भएको छ । आगामी जुन महिनाको २७ तारिख देखी सुरुहुने मनोज गजुरेल यात्रा एक महिना सम्म चल्ने बताइएको छ । कमेडी किङ गजुरेलको युरोपका लागि यो पहिलो यात्रा हो । उनका साथमा गायक सुगम पोख्रेल र डिजे राजु हुनेछन ।

आयोजकहरुका अनुसार कार्यक्रम जर्मनी, फ्रान्स, नेदरल्याण्ड, बेल्जियम, स्विजरल्याण्ड, स्पेन र पोर्तुगलका शहरहरुमा आयोजना गरिने छन । कार्यक्रममा सहभागी तिनै जना कलाकारहरु आ-आफ्नो क्षेत्रमा ख्याती प्राप्त हुन । मनोज गजुरेल नेपालको आधुनिक कमेडिका किङ नै मानिन्छन । उनका नयाँ नेपाल,कौन बनेगा करोड्पती लगायत एक दर्जन भन्दा बढी हासो ब्यङ्य र क्यारिकेचरका सङ्गालोहरु बजारमा आएका छन । सुरिलो स्वरका धनी सुगम पोख्रेल चल्तिका पप तथा आधुनिक गायक हुन भने डिजे राजु रिमिक्स र नेपाली डिस्को संसारका बाद्शाह नै मानिन्छन । आयोजकहरुले युरोपमा बस्ने नेपालीहरुलाई अत्यन्त भिन्दै स्वाद दिने बताएका छन ।

जुलाई २५ तरिक को दिन युनिक ग्रुप को आयोजना मा हुन गैरहेको सबैलाई जानकारी गराउदछु /

स्थान :-Zopfgass 22, 5603 Staufen Lenzburt, Aarau


युनिक ग्रुप संपर्क :-

राम कुमार महत्वो 076 568 54 56
प्रेम कृष्ण भारती ०७६ ४२४ ३० ५५
गौरी बर्तौला ०७९ ३०६ ०० ७०
शुक्र श्रेष्ठ ०७९ ४०६ ५८ ६०
निराजन श्रेष्ठ ०७८ ६२५ १४ ७७
गुनराज शर्मा ०७६ ५१० ३३ ७९

Monday, December 29, 2008

Friday, November 7, 2008

मनको तिर्सना फोक्सोको भुटुवा





अनुभूति
डा. तीर्थबहादुर श्रेष्ठ


मेरै मन हो, मै अनभिज्ञ
कुन बेला यो के गर्छ,
अझ् योभन्दा दुःख त मैले
डोरिनु योसित नै पर्छ


कवि दुर्गालाल श्रेष्ठले सपना कवितामा भनेजस्तै यो दशैंमा मेरो मन पनि एकातिर डोरिन पुग्यो। मनले भनेपछि मान्छे विवश हुन्छ, मनका कुरामा तर्कले खासै काम गर्दैन। यो दशैंमा मलाई खसीको फोक्सो तावामा तारेर भुटुवा खान मन लाग्यो। मनै न हो मेरो पनि, जसलाई मैले कजाउन सकेको रहेनछु। त्यसैले यसले अझै मलाई नै कजाइरहेछ। नवरात्रिको एक बिहान न देवी, न दुर्गा, न भवानी कसैको आराधनामा नलागी बकरेको पसलमा लाम लाग्न पुगें। एउटा फोक्सो मागें। फोक्सोको साथमा मुटुको डल्लो पनि आउँदोरहेछ। एक सय पचास रुपैयाँ पर्‍यो।

फोक्सोको भुटुवा खाने रहर पोहर साल अमेरिकादेखि पछि लागेर आएको हो। दशैं आयो, बोको खाउँला भनी पर्खिबस्ने धेरै नेपाली हुँदारहेछन् अमेरिकामा पनि। नेपालीलाई सिङ्गा-सिङ्गै बोकाको मासु सप्लाई गर्ने अमेरिकी बकरे विभिन्न प्रान्तमा भेटिँदारहेछन्। मासु पनि मज्जाकै पाइने, तर छाला, टाउको, भित्री आँच र फोक्सो भने ल्याउन नमिल्ने नियम रहेछ। गर्ने के? महाकवि देवकोटाले झ्ैं खसीको टाउकोको सुरुवा खाने रहर हुनेले अमेरिका नगए हुँदोरहेछ। मासु र छालाको बीचमा बोसो कस्सिएको कवाफ खानुपर्नेलाई पनि त्यही समस्या। यस्तै कारणले पोहोरको दशैँमा फोक्सो र भित्री आँचको भुटनको सितन जिब्रो पोल्ने गरी खाने इच्छा अमेरिका पुगेपछि फुस्सा भयो। अमेरिका बस्ने नेवार समुदायका नेपालीहरू पनि खसी-बोकाको फोक्सोमा मसालेदार पीठो भरेर भुटुवा खान नपाएको कति भयो भनी वर्ष गन्दा रहेछन्। मलाई पनि अमेरिकी नेपालीको त्यो प्यास लुतोजस्तै सरेर आयो।

पोहोरदेखिको रहर पूरा नगरी भएन भनेर भरखर काटिएको खसीको आलो फोक्सो घरमा ल्याएँ। तर त्यसलाई भर्ने हाम्रो परम्परागत विधि र प्रविधि मैले बिर्सिसकेको रहेछु। नाताकुटुम्ब र साथीभाइलाई फोन गरेर सिकें, तैपनि सीप पुगेन। फोक्सोको एकापट्टिको थैलो आधै खेर गयो। फागुमा रंग छ्याप्ने पचुकाको पम्प मार्दा पनि पीठो भरिएन, फुट्यो। डेरीको दूधको रित्तो पाकेट निचोरेर हावा पम्प गर्दा सजिलै भरिन्छ भन्ने थाहा थियो, तर त्यसबाट पनि काम लिन सकिएन। तैपनि म हरेश खानेवाला थिइनँ, दोस्रो थैलोमा अर्को प्रयोग र प्रयास गरेँ। त्यसमा सफल भइयो। अर्को पुस्तालाई काम लाग्ला भनेर आफूले अपनाएको विधिका बारेमा यहाँ उल्लेख गर्दैछु।

मैले ल्याएको आलो फोक्सोमा काटिएको खसीको प्राण अवशेषको रूपमा मनतातो न्यानो बाँकी नै थियो। गर्भबाट बाहिर निस्कनासाथ स्वाँ...स्वाँ... सास फेर्दै आएको त्यो फोक्सो मेरो हातमा तुन्दु्रङ्ग झुण्डिएको थियो। एक-दुई घण्टा अगाडिसम्म त्यो कति चलायमान थियो होला। बकरेको चुप्पीको धारले रेट्नुभन्दा पहिले आफैँ सास भर्ने र छोड्ने काम गर्ने यो फोक्सोलाई अहिले म सास भरिदिँदै थिएँ। सास नलीमा मुख जोडेर विस्तारै फुकेँ। फोक्सो फुलेर हावाले टम्म भरियो। कतैबाट हावा चुहिएको छ कि भनेर ठाकठाक-ठुकठुक पारेर हेरें। सबैतिर हावा भरिएर फुक्क भएको थियो। सबै सङ्लो रहेछ, कहीँ दाग थिएन। फिक्का रातो गुलाबी स्वस्थ फोक्सो मेरो हातमा झ्ुण्डिएको थियो। हावा छोडी दिएँ। त्यो सुक्यो। फेरि फुकें, फुल्यो।

एकपलका लागि मलाई लाग्यो, मैले जीवनभरि यसरी नै फुक्दै छोड्दै गरे पनि अब त्यसमा ज्यान आउने छैन। महिषासुर राक्षसलाई बध गर्ने दिन आफैँ पो राक्षस बन्न पुगें कि भन्ने हीनताबोध कताकताबाट पलाउन थाल्यो। उता मेरी अर्धाङ्गिनी डेढ लिटर पानी र आधा माना पीठोमा नुन, मसला र एउटा काँचो अण्डा हाली त्यसलाई लिक्विडाइजरमा मथ्दै चिया चाल्नीमा छानेर तयार पारेको लेदो सानो बाटामा लिएर आइन्।

चल्न छोडेको फोक्सोभित्र यदाकदा रगतका चोक्टाहरू जमिबसेका हुन्छन् भन्ने मैले सुनेको थिएँ। मलाई ती चोक्टाहरू फाल्नु थियो र हावाका सबै नलीहरू सफा गर्नुथियो। चार-पाँच चम्चा खाने तेल श्वास नलीको मुखबाट भित्र हालिदिएँ र फेरि फुकें। फोक्सोलाई घोप्टाएर भित्रको सबै तरल पदार्थ बाहिर फ्याँकें। हल्कासँग थाप्थाप्-थुप्थुप् गरें। भित्र केही बाँकी रहेन। अब शुरु भयो लेदो भर्ने काम। आधा कप जति लेदो सजिलै भित्र पस्यो। त्यस अवस्थामा फोक्सोलाई हावामा लत्र्याङ्ग झुण्ड्याई राखेमात्र त्यो लेदो फोक्सोको तल्लो भागमा पुग्न सक्दोरहेछ। बेला बेलामा थप्थपाउँदै र पीठोको लेदो थप्दै गएँ। लेदो धेरै बाक्लो भए भित्रसम्म छिर्न सक्दैन भन्ने थाहा थियो। त्यसैले प्रत्येक पल्ट लेदोलाई चम्चाले घोलेपछि मात्र कपबाट खन्याउँदै गएँ। बीचबीचमा प्लास्टिकको थैलोले पम्प पनि गर्दै थिएँ।

पम्प गर्न डेरीले दूध भरेर पठाएको चारपाटे प्लास्टिकको थैलोको एउटा कुनोमा कैँचीले काटेर प्वाल बनाउने र त्यो प्वालमा फोक्सोको श्वासनली छिराएर थैलोलाई मिची-मिची लेदो कोच्ने काम गरेँ। यति गर्दासम्म पनि फोक्सोलाई झ्ुण्ड्याएको झ्ुण्ड्यायै राख्नुपर्छ, नत्र पृथ्वीको गुरुत्वले पीठो भर्न पूरा सहयोग गर्दैन। फोक्सोको दायाँ पाटो, बायाँ पाटो सबैमा मसालेदार पीठो कोचिसकेपछि श्वासनली बन्द गर्न आलु काटेर त्यसको मुखमा बुझो लगायौँर सुत्लीले टम्म बाँध्यौं। अनि एउटा ठूलो देक्चीमा सिङ्गै फोक्सो उमाल्यौं। पाक्न धेरै बेर लागेन। पानी सेलाएपछि फोक्सोलाई पाउरोटी जस्तै पातलो पत्र काटेर इच्छानुसार टुक्रा पार्‍यौं। अब तावामा तार्ने काम मेरो हैन भनी हात धुन थालें।

स्तनधारी पशुको फोक्सो एक हावामहल हो, जहाँ निरन्तर वायुको अवागमन भइरहन्छ। जीवनको प्रत्येक सास फोक्सोबाटै सञ्चालन हुन्छ। स्वच्छ हावाबाट प्राणवायु (अक्सिजन) ग्रहण गर्ने र शरीरभरिबाट सोरिएर आएको कार्वनडाइअक्साइड परित्याग गर्ने अवयव फोक्सो नै हो। लिङ्ग, उमेर र परिवेशका आधारमा फोक्सोको आकार घटबढ पनि हुन्छ। सामान्य अवस्थामा हामी प्रतिमिनेट १० देखि २० पल्ट सास फेर्ने गर्छौं। कम उचाइमा बस्नेहरूको भन्दा धेरै उचाइमा बस्ने मान्छे वा जन्तुहरूको फोक्सोको श्वास फेर्ने क्षमता धेरै हुन्छ। तराई मधेशमा हावाको चाप बढी हुन्छ र कम क्षमताले नै फोक्सोको काम सम्पन्न हुन्छ। उच्च पर्वतीय क्षेत्रमा हावा पातलो र त्यसको चाप थोरै हुन्छ, त्यसैले फोक्सोको बढी क्षमता आवश्यक पर्दछ। त्यस्तै महिलाको भन्दा पुरुषको फोक्सो अलि धेरै क्षमताको हुन्छ।

मानिसको छातीभित्र फोक्सोमा वायु विनिमय गर्ने ३० करोडदेखि ५० करोड स-साना कोठा हुन्छन्, जसको सतहको पूरा क्षेत्रफलले टेनिस कोर्टको आधा भाग 'गट्न पुग्छ रे! हाम्रो फोक्सोमा जडिएका सबै ठूला-साना वा सूक्ष्म वायु नलीहरूलाई जोड्यौँ भने त्यसले पूरा हिमालयको लम्बाइ, अर्थात् सिन्धु नदीको घाँटीदेखि ब्रह्मपुत्रको घाँटीसम्मको २,४०० किलोमिटर, लाई पनि उछिन्छ।

यसपटक मैले खसीको यस्तै वायुनलीहरू (एयरवेज) र तिनले भेट्ने करोडौं वायु कोषहरू (एलभि'ली)मा नुन, पीठो र मसला कोचेर दशैंको निम्ति स्वादिष्ट परिकार तयार गरेछु। धन्य हो मनको तिर्सना! जनकवि केशरी धर्मराज थापाको सुरिलो आवाज मनभरि गुञ्जिन्छ।

डा. तीर्थबहादुर श्रेष्ठ

Monday, November 3, 2008

स्विट्जरल्यान्ड को आराउ मा तिहार कार्यक्रम सम्पन्न


नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डको आयोजनामा तिहार तथा लक्ष्मी जयन्ती समाहरो यही ०२ नोभेम्बर २००८ तारीख आईतबार आराउमा भव्यरुपमा सम्पन्न भयो।
स्विट्जरल्याण्डका लागि नेपाली राजदूत डा दिनेश भट्टराईको प्रमुख अतिथिमा र समितिका अध्यक्ष श्री गुणराज शर्माको अध्यक्षतामा लक्ष्मी जयन्तीको उपलक्ष्यमा साहित्य गोष्टी सम्पन्न गरियो।
उक्त साहित्य गोष्टीमा गंगाराम कोईराला, बिष्णु रिजाल, बिराज ढुंगेल, सोमनाथ खरेल, मुक्ति नारायण सापकोटा, श्रीमति बिजया भट्ट र जनक बानियाँले आफ्ना कबिता मुक्तकहरु वाचन गर्नु भएको थियो। साहित्य गोष्टीको समापन संगै तिहारको बिषेश परिकार सेलरोटी र अचार सँगै देउसी भैलो, भाग्यसाली उपहार एंव सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो। देउसी भैलो कार्यक्रमको नेतृत्व श्री जनक बानियाँ र श्रीमति दक्षिणा थापाले गर्नु भएको थियो। सांस्कृतिक कार्यक्रममा बिभिन्न लोक गीत तथा आधुनिक गीतहरुको साथै नृत्य पनि बिभिन्न कलाकारहरुले प्रस्तुत गरेको थियो।

कार्यक्रममा राजदूत डा भट्टराईले प्रवाशमा भाषा, साहित्य र संस्कृतिको जागेर्ना गर्न समितिले पुर्र्याको योगदानको प्रसंसा गर्नु भयो। भाग्यशाली उपहार कार्यक्रमका बिजयताहरुमा प्रथम नारायण सापकोटा (सांटगालेन), द्वितिय टेम्पा गुरुङ (जुरिख), तृतिय बिकल थापा (बर्न) र सान्त्वना पुरुस्कार प्राप्त गर्नु हुनेहरुमा क्रमस तारा महर्जन (लुजेर्न), शान्त भण्डारी (बासेल), बिकाश गुरुङ (बर्न) र कालूबाबा (डेनमार्क) हुनु हुन्छ। उक्त कार्यक्रममा सहभागी संम्पुर्ण मानुभाव र सहयोगी साथीहरुलाई समितिका अध्यक्षले हार्दिक धन्यबाद ज्ञापन गर्नु भयो।उक्त कार्यक्रमको संचालन समितिका माहन्त्री र कार्यक्रम संयोजक मेदन गौलीले गर्नु भएको थियो।
स्विट्जरल्याण्डका लागि नेपाली राजदूत डा दिनेश भट्टराईको प्रमुख अतिथिमा र समितिका अध्यक्ष श्री गुणराज शर्माको अध्यक्षतामा लक्ष्मी जयन्तीको उपलक्ष्यमा साहित्य गोष्टी सम्पन्न गरियो।
उक्त साहित्य गोष्टीमा गंगाराम कोईराला, बिष्णु रिजाल, बिराज ढुंगेल, सोमनाथ खरेल, मुक्ति नारायण सापकोटा, श्रीमति बिजया भट्ट र जनक बानियाँले आफ्ना कबिता मुक्तकहरु वाचन गर्नु भएको थियो। साहित्य गोष्टीको समापन संगै तिहारको बिषेश परिकार सेलरोटी र अचार सँगै देउसी भैलो, भाग्यसाली उपहार एंव सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो। देउसी भैलो कार्यक्रमको नेतृत्व श्री जनक बानियाँ र श्रीमति दक्षिणा थापाले गर्नु भएको थियो। सांस्कृतिक कार्यक्रममा बिभिन्न लोक गीत तथा आधुनिक गीतहरुको साथै नृत्य पनि बिभिन्न कलाकारहरुले प्रस्तुत गरेको थियो।









a>




Monday, October 27, 2008

Wednesday, October 22, 2008

नेकपा माओवादी को प्रतिनिधि मन्डल सँग स्विट्जरल्याण्ड मा अन्तर्कृया कार्यक्रम सम्पन्न।








जर्मनी र स्विट्जरल्याण्ड को संघियता को मोडल सम्बन्धी अध्ययन भ्रमण मा निस्कियको नेपाली सँसदिय प्रतिनिधि मन्डलको टोली हिजो स्विट्जरल्यान्ड को राजाधानी बेर्न मा आइपुगेको छ। स्विस सरकार को निमन्त्रणामा आयको टोली ले स्विस संघिय राज्य प्रणाली को बारेमा,सङिय शासन पद्दति र नियम कानुन लगायत अन्य महत्वपूर्ण ठाउँ हरु को अध्ययन भ्रमण गर्ने तथा बिभिन्न उच्च सरकारी अधिकारी हरु सँग भेट्ने कार्यक्रम रहेको छ।






यसै बिच स्विट्जरल्यान्ड आइपुगेको नेपाली सँसदिय प्रतिनिधि मण्डल मा सहभागि नेकपा माओवादी को प्रतिनिधि मण्डल को उपस्थिती मा एउटा अन्तर्कृया कार्यक्रम सम्पन्न भयो। नेपाली एक्यबद्दता मन्च स्विट्जरल्याण्ड(नेसोफ स्विस)को आयोजना मा भयको सो कार्यक्रम मा नेकपा माओवादी का केन्द्रिय सदस्य तथा संबिधानसभा सभासद क दिनानाथ शर्मा,केन्द्रिय सदस्य तथा नेवा राज्य समिती इन्चार्ज क हितमान शाक्य,नेवा राज्य समिती सदस्य सभासद क यसोदा सुबेदी(गुरुङ) र अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की क सरला शर्मा उपस्थित हुनुन्थ्यो।



अत्यान्त छोटो र ब्यस्त समय का बाबजुद भयको कार्यक्रम सम्पूर्ण ज्ञात अज्ञात शाहीदहरु प्रती एक मिनेट मौन धारण गरी शुरु भयको थियो।भने कार्यक्रम को सभापतित्व मन्च का अध्यक्ष क अशोक चौलागाइ ले गर्नु भयको थियो भने कार्यक्रम को सन्चालन मन्च का महासचिब कमल केसी ले गर्नु भयको थियो। कार्यक्रम लाई सम्बोधन गर्दै नेवा राज्य समिती सदस्य तथा संबिधान सभा सभासद क. यसोदा सुबेदी(गुरुङ)ले परदेश मा प्रगतिसिल संगठन को सकृयाता तथा उल्यख्य सहभागिता देखेर आफु अत्यान्तै खुशी भयको बताउदै यस कार्यक्रम ले आफु मा नयाँ उर्जा पैदा गरेको छ भन्नु भयो।






नेपाली जनता को मुक्ती आन्दोलन अझै जारी रहेको र आहिले को बर्तमान कार्य भनेको जनमुखी संबिधान लेख्नु रहेको बताउनु हुँदै आफुले जर्मन र स्विस भ्रमण मा देखेको र जानेको कुरा लाई नयाँ संबिधान निर्माण गर्न प्रयोग गर्ने बताउनु भयो। त्यस्तै अर्का अतिथी,नेवा राज्य समिती इन्चार्ज तथा सभासद क हितमान शाक्य ले पुरानो राज्य सत्ता को गलत राज्य प्रणाली को कारण आज बाद्यतात्मक परिस्थितीमा लाखौं युबा सक्ति बिदेसिन बाद्य भयको र अब ति बिदेसियका प्रबासी नेपाली तथा युबा सक्ती लाई नेपाली आन्दोलन सँग फ्युजन गरी नयाँ नेपाल निर्माण गरिने बताउनु भयो। अहिले देस मा नेकपा माओवादीको नेत्रित्व मा सरकार गठन भय पनि त्यो सरकार जनता को नभयको र जनता को सरकार निर्माण गर्न आन्दोलन जारी छ भन्नु भयो। त्यस्तै प्रमुख अतिथी को आसान बाट बोल्दै नेकपा माओवादी का केन्द्रिय सदस्य तथा सभासद क दिनानाथ शर्मा ले नेपाल मा संबिधान सभा को माध्यमा बाट राजतन्त्र र सामन्त बाद को अन्य भय पनि हाम्रो क्रान्ति सम्पन भयको छैन भन्नु भयो। नेपाल मा अब संघिय जनबादी गणतन्त्र स्थापना गर्न आफुहरु प्रयत्नरत रहेको तर अझै पनि पुराना सम्सद बादी दल हरु,प्रतिकृयाबादीहरु,साम्राज्यबादी तथा बिस्तारबादीहरु नेपाल मा बिहारी गणतन्त्र स्थापना गरेर प्रतिकृयाबादी तथा सामन्ती बर्ग हरु का हक र अधिकार हरु सुनिस्चित गर्न लागि परीरहेको तर आफुहरु भने सर्बहारा बर्ग को हित अधिकार सुनिस्चित गर्ने र जनमुखी संबिधान निर्माण गर्ने पक्ष मा रहेको कुरा बताउनु भयो। अहिले नेकपा माओवादी ले नेत्रित्व गरेको सरकार पनि सर्बाहारा बर्ग को सरकार नभयको र आफुहरु सर्बहारा बर्ग को सरकार स्थापना गराउन लागिपरेको छ भन्नुभयो।
नेकपा माओवादी भित्र बैचारिक संघर्स चलेको स्विकार गर्दै क्रान्तिकारी पार्टी भित्र त्यस्ता बैचारिक बहस चल्नु स्वाभाबिक भयको र यसले पार्टी लाई हानी पुर्याउने नभै फाईदा गर्ने र पार्टी लाई अझ मजबुद बनाउने जिकिर गर्नु भयो।